२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

शिक्षक आन्दोलन थप चर्किदैँ, दमनको विरोधमा उत्रिने चेतावनी

प्रकाशित मिति : २०८२ बैशाख १५ गते
File photo.

काठमाडौं / शिक्षकहरूको काठमाडौंमा केन्द्रित आन्दोलनमा आइतबार भएको झडपपछि अझ तीव्र बनाउने घोषणा गरेका छन् । आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले आफूहरूमाथि भएको दमनको कडा विरोध गर्दै प्रतिकारमा उत्रने चेतावनी दिएको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै शिक्षक र कर्मचारीमाथि गरिएको ‘क्रूर दमन’को विरोधमा सबै पेसागत संस्था, शिक्षा सरोकारवाला समूह र आम नेपाली जनतालाई एकजुट हुन अपिल गरेका छन् । ‘अग्रगामी विद्यालय शिक्षा ऐन बिना हामी कार्यक्षेत्रमा फर्किँदैनौं,’ सुवेदीले भने, ‘देशभरका शिक्षक(कर्मचारी साथीहरू, अत्याचारको प्रतिकार गर्न अनिवार्य काठमाडौं आइ आन्दोलनमा सहभागी होऔं ।’

- ADVERTISEMENT -

Advertisement

महासंघले आइतबारको आन्दोलनमा सरकारद्वारा संरक्षित ‘भिजिलान्ते’हरूद्वारा स्थिति बिगारिएको र त्यसकै बहानामा प्रहरीबाट पानीको फोहरा, ढुङ्गामुढा र निर्मम लाठी प्रहार गरिएको आरोप लगाएको छ । बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक(कर्मचारी र केही सञ्चारकर्मी घाइते भएका छन्, जसमध्ये करिब एक दर्जनको अवस्था गम्भीर छ ।

सुवेदीले सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारलाई उपचार खर्चको जिम्मेवारी लिन कडा माग गरेका छन् । उनले सरकारले प्रदर्शनकारीमाथि गरेको ‘ज्यादती’को घोर निन्दा र भर्त्सना समेत गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10