Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानमन्त्रीद्वारा सत्तापक्षीय दलको बैठक आह्वान

मुख्य एजेण्डा शिक्षक आन्दोलन
प्रकाशित मिति : २०८२ बैशाख १७ गते
File Photo

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनका दलहरूको बैठक आज (बुधबार) बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, जारी शिक्षक आन्दोलन, र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका नीतिगत विषयहरूमा गहन छलफल हुनेछ ।

गठबन्धनमा कांग्रेस, एमाले, लोसपा, नागरिक उन्मुक्ति, जनमत, जसपा लगायत दलहरू सहभागी छन् । शिक्षक आन्दोलनको विषयमा विभिन्न चरणमा वार्ता भए पनि अहिलेसम्म सहमति कायम हुन सकेको छैन । विद्यालय शिक्षा विधेयकबारे संसदको शिक्षा समितिमा छलफल जारी छ भने जनताबीच निराशा बढिरहेको सन्दर्भमा सरकारले आगामी नीति तथा कार्यक्रम जनमुखी र आशा जगाउने खालको बनाउने तयारी गरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमार्फत २०८२र०८३ सालका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । यो कार्यक्रम मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सार्वजनिक गरेका हुन् । नेपालको संविधानअनुसार राष्ट्रपतिबाट नै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

नीति तथा कार्यक्रम पारित भएपछि सरकारको बजेट निर्माण प्रक्रिया अघि बढ्नेछ । संसद सचिवालयका अनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत गर्नेछन् । संवैधानिक व्यवस्था अनुसार पारित बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22