काठमाडौं । इटालियन क्लब इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मध्यराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब बार्सिलोनालाई ४(३ ले पराजित गर्दै इन्टरले समग्रमा ७(६ को जित निकालेको हो ।
रोमाञ्चक उतार(चढावले भरिएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोलको स्पष्ट अग्रता बनाएको थियो । खेलको २१औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समयमा हाकान कान्हानोग्लुले पेनाल्टीमार्फत गोल गर्दै स्कोर २(० बनाए । तर दोस्रो हाफमा बार्सिलोनाले प्रभावशाली पुनरागमन गर्दै खेलमा समता ल्यायो ।
५४औं मिनेटमा एरिक गार्सियाले गोल गरे भने ६०औं मिनेटमा डानी ओल्मोले हेडरमार्फत गोल गर्दै स्कोर २(२ बराबरीमा ल्याए । ८७औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई जितको नजिक पुर्याएका थिए । तर, खेल सकिन लाग्दा इन्टरका फ्रान्सेको असेर्बीले इन्जुरी समयमा गोल गर्दै स्कोर ३(३ बनाएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो ।
थपिएको अतिरिक्त समयको ९९औं मिनेटमा डेभिड फ्राटेसीले निर्णायक गोल गर्दै इन्टरलाई फेरि अग्रता दिला ए। त्यसपछि दुवै पक्षबाट थप गोल नहुँदा बार्सिलोनाको चम्किलो यात्रालाई इन्टरले रोक लगाएको हो ।
अब इन्टर मिलानले उपाधिका लागि पेरिस सेन्ट(जर्मेन ९पीएसजी० र आर्सनलबीचको सेमिफाइनल विजेतासँग प्रतिस्पर्धा गर्ने छ। च्याम्पियन्स लिग उपाधिका लागि इन्टरको यात्रा एक कदममात्र टाढा छ ।