२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हिसाब चुक्ता गर्न धेरै समय लाग्ने छैन – पाकिस्तान

प्रकाशित मिति : २०८२ बैशाख २४ गते

एजेन्सी । भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी आदानप्रदान गरेका छन् । नयाँदिल्लीले आफ्नो चिरप्रतिद्वन्द्वीमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि आणविक–सशस्त्र दुई छिमेकीबीच ठूलो तनाव बढेको छ ।

दुवै पक्षको मृत्यु भएको बताइएको छ । पाकिस्तानले भारतीय आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको र भारतले पाकिस्तानी तोप आक्रमणले विवादित काश्मीरको वास्तविक सीमामा तीन सर्वसाधारणको ज्यान गएको बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

“अहिलेसम्म आक्रमणमा २६ जना निर्दोष नागरिक मारिएका छन”, पाकिस्तानी सैन्य प्रवक्ता अहमद सरिफ चौधरीले भने ।

विवादित क्षेत्रको भारतीय क्षेत्रमा भएको घातक आक्रमणका लागि इस्लामाबादलाई दोष दिएको केही दिनपछि नयाँदिल्लीले पाकिस्तान प्रशासित काश्मीर र पञ्जाब राज्यका नौ स्थलमा ‘आतङ्कवादी शिविरहरूमा सटीक आक्रमण’ गरेको घोषणा गरेको थियो ।

भारतीय सेनाले ‘न्याय पूरा भएको छ’ भनेको छ । नयाँदिल्लीले उसको कार्य ‘केन्द्रित, मापन गरिएको र गैर–विस्तारवादी प्रकृतिको छ’ भनेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो घरेलु लोकप्रियता ‘बढाउन’ आक्रमण गरेको आरोप लगाए तर इस्लामाबादले पनि जवाफी कारबाही गरेको बताए ।

“प्रतिकार पहिले नै सुरु भइसकेको छ”, आसिफले एएफपीलाई भने “हामी हिसाब चुक्ता गर्न धेरै समय लिने छैनौँ ।”

गोलाबारीको वर्षा

इस्लामाबादले आक्रमणमा एक बालकसहित आठ जना सर्वसाधारण मारिएको बताएको छ र पाकिस्तानद्वारा सञ्चालित काश्मीर र पञ्जाबमा एएफपीका संवाददाताहरूले धेरै ठूलो विस्फोट सुनेको रिपोर्ट गरेका छन् ।

पाकिस्तान प्रशासित काश्मीरको मुख्य सहर मुजफ्फराबादमा सैनिकहरूले इस्लामाबादको मस्जिद वरपरका सडकहरू घेरा हालेका छन्, जसमा धेरै घरहरूको भित्तामा विस्फोटका चिह्नहरू देखिएका छन् ।

त्यसको केही समयपछि भारतीय सेनाले पाकिस्तानमाथि काश्मीरको वास्तविक नियन्त्रण रेखा (एलओसी) पार गरेर ‘अन्धाधुन्ध’ गोली चलाएको आरोप लगायो । गोली बर्सिँदा आगोका झिल्काहरू देखिएको एएफपी रिपोर्टरहरूले देखे ।

“तीन निर्दोष नागरिकहरूले आफ्नो ज्यान गुमाए”, आफूले ‘उचित तरिकाले’ जवाफ दिइरहेको उल्लेख गर्दै भारतीय सेनाले भनेको छ ।

“हामी गोली चलेको आवाज सुनेर ब्युँझियौँ”, भारतीय पुञ्च सहरका फारुक नामक एक व्यक्तिले प्रेस ट्रष्ट अफ इन्डिया समाचार एजेन्सीलाई आफ्नो अस्पतालको शय्याबाट बताए, “मैले गोलाबारी वर्षा जस्तै देखेँ… दुई जना घाइते भए ।” उनको टाउकोमा पट्टी बाँधिएको थियो ।

काश्मीरको भारतीय नियन्त्रित भागमा रहेको वुयानमा एएफपी फोटोग्राफरले भारतीय लडाकू जेटको भग्नावशेष देखेका थिए ।

एक सुरक्षा स्रोतले यो भारतीय विमान भएको पुष्टि ग¥यो, तर यसको दुर्घटनाको कारण र पाइलटको अवस्था तत्काल थाहा हुन सकेन ।

भारत प्रशासित कश्मीरमा अप्रिल २२ मा पर्यटकहरूमाथि भएको आक्रमणमा पाकिस्तानमा आधारित आतङ्कवादी सङ्गठन लश्कर–ए–तैयबाका बन्दुकधारीहरूले गरेको आक्रमणप्रति भारतले सैन्य प्रतिक्रिया दिने व्यापक अपेक्षा गरिएको थियो ।

त्यस आक्रमणमा पहलगामको पर्यटकीय केन्द्रमा २६ जनाको मृत्यु भएको थियो, मुख्यतः हिन्दू पुरुषहरू थिए । कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

नयाँदिल्लीले इस्लामाबादमाथि आक्रमणको समर्थन गरेको दोष लगाएको छ, जसले शृङ्खलाबद्ध धम्की र कूटनीतिक बदला लिने उपायहरू निम्त्याएको छ ।

पाकिस्तानले आरोपहरू अस्वीकार गरेको छ । भारतीय सेनाका अनुसार दुवै पक्षले अप्रिल २४ देखि एलओसी सीमामा रातभरि गोलीबारी आदानप्रदान गरेका छन् । पाकिस्तानले दुई क्षेप्यास्त्र परीक्षण पनि गरेको बताएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89