काठमाडौं / फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न सेमिफाइनल दोस्रो लेगमा इंग्लिस क्लब आर्सनललाई २û१ ले पराजित गर्दै पीएसजी उपाधि नजिक पुगेको हो ।
दुई लेगको समग्र नतिजा ३-१ बनाउँदै पीएसजीले अन्तिम चरणमा स्थान बनाएको हो । अब पीएसजीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग जर्मनीको म्युनिखमा भिडन्त गर्नेछ ।
खेलको सुरुआतदेखि नै आक्रामक देखिएको पीएसजीले २७औं मिनेटमा फेबियन रुइजको गोलमार्फत अग्रता बनायो । दोस्रो हाफको ७२औं मिनेटमा आच्रर हाकिमीले दोस्रो गोल गर्दै टिमलाई सशक्त स्थितिमा पुर्याए । त्यसपछि आर्सनलका बुकायो साकाले ७६औं मिनेटमा गोल गर्दै टोलीलाई केही आशा दिलाए पनि त्यसपछि थप गोल गर्न नसक्दा आर्सनलको यात्रा यहीँ समाप्त भयो ।
पहिलो लेगमा पनि पछि परेको आर्सनललाई फाइनल पुग्न कम्तीमा दुई गोल आवश्यक थियो । तर पीएसजीको सशक्त रक्षात्मक प्रदर्शनका कारण उक्त लक्ष्य पूरा गर्न नसक्दा इंग्लिस क्लब सेमिफाइनलमै रोकिएको हो ।