Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भारत र पाकिस्तानद्धारा युद्धविराम उल्लंघन, एक अर्कामाथि आरोप प्रत्यारोप

प्रकाशित मिति : २०८२ बैशाख २८ गते
file photo.

काठमाडौं / भारत र पाकिस्तानले एक अर्कामाथि युद्धविराम ‘उल्लंघन’ को आरोप लगाएका छन् । शनिवार दुवै देशले सैन्य आक्रमणको केही दिनपछि युद्धविराममा सहमति भएको घोषणा गरेका थिए ।

भारत प्रशासित कश्मीरमा विस्फोटको आवाज सुनेपछि भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले भने, ‘हामीले प्राप्त गरेको समझदारीको बारम्बार उल्लंघन भएको छ ।’

- ADVERTISEMENT -

Advertisement

त्यसको केही समयपछि प्रतिकृया दिंदै भारतले केही क्षेत्रमा उल्लंघन गरिरहे पनि युद्धविरामको निष्ठापूर्वक कार्यान्वयनमा प्रतिबद्ध रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

गत चार दिनदेखि भारत र पाकिस्तानबीच भएको भिडन्त दशकौँकै सबैभन्दा गम्भीर सैन्य संघर्ष भएको बताइएको छ । ड्रोन, क्षेप्यास्त्र र तोपहरूको प्रयोग भारतले पाकिस्तान र पाकिस्तान९प्रशासित कश्मीरमा आक्रमण गरेपछि सुरु भएको थियो ।

भारतको यो कारबाही गत महिनाको पहलगाममा भएको एक घातक उग्रवादी आक्रमणको प्रतिक्रिया स्वरूप भएको थियो । पाकिस्तानले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोशल प्लेटफर्ममार्फत भारत र पाकिस्तानबीचको सम्झौता अमेरिकाको मध्यस्थतामा सम्भव भएको बताएका थिए। पछि पाकिस्तानका विदेश मन्त्रीले पनि दुई देशबीच समझदारीमा सहमति भएको पुष्टि गर्दै भारत र पाकिस्तान र भारतबीच युद्धविराम सम्झौता भएको जनाएका थिए ।

तर यो घोषणा केही घण्टापछि नै भारत प्रशासित कश्मीरको श्रीनगर र जम्मु सहरमा बसोबास गर्ने स्थानीय र बीबीसीका पत्रकारहरूले विस्फोटको आवाज र आकासमा चमक देखिएको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98