२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

भारत र पाकिस्तानद्धारा युद्धविराम उल्लंघन, एक अर्कामाथि आरोप प्रत्यारोप

प्रकाशित मिति : २०८२ बैशाख २८ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / भारत र पाकिस्तानले एक अर्कामाथि युद्धविराम ‘उल्लंघन’ को आरोप लगाएका छन् । शनिवार दुवै देशले सैन्य आक्रमणको केही दिनपछि युद्धविराममा सहमति भएको घोषणा गरेका थिए ।

भारत प्रशासित कश्मीरमा विस्फोटको आवाज सुनेपछि भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले भने, ‘हामीले प्राप्त गरेको समझदारीको बारम्बार उल्लंघन भएको छ ।’

त्यसको केही समयपछि प्रतिकृया दिंदै भारतले केही क्षेत्रमा उल्लंघन गरिरहे पनि युद्धविरामको निष्ठापूर्वक कार्यान्वयनमा प्रतिबद्ध रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ ।

गत चार दिनदेखि भारत र पाकिस्तानबीच भएको भिडन्त दशकौँकै सबैभन्दा गम्भीर सैन्य संघर्ष भएको बताइएको छ । ड्रोन, क्षेप्यास्त्र र तोपहरूको प्रयोग भारतले पाकिस्तान र पाकिस्तान९प्रशासित कश्मीरमा आक्रमण गरेपछि सुरु भएको थियो ।

भारतको यो कारबाही गत महिनाको पहलगाममा भएको एक घातक उग्रवादी आक्रमणको प्रतिक्रिया स्वरूप भएको थियो । पाकिस्तानले भने उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोशल प्लेटफर्ममार्फत भारत र पाकिस्तानबीचको सम्झौता अमेरिकाको मध्यस्थतामा सम्भव भएको बताएका थिए। पछि पाकिस्तानका विदेश मन्त्रीले पनि दुई देशबीच समझदारीमा सहमति भएको पुष्टि गर्दै भारत र पाकिस्तान र भारतबीच युद्धविराम सम्झौता भएको जनाएका थिए ।

तर यो घोषणा केही घण्टापछि नै भारत प्रशासित कश्मीरको श्रीनगर र जम्मु सहरमा बसोबास गर्ने स्थानीय र बीबीसीका पत्रकारहरूले विस्फोटको आवाज र आकासमा चमक देखिएको बताएका छन् ।

- ADVERTISEMENT -