२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मानव अधिकारको विषयमा सरोकारवालाको चासो

प्रकाशित मिति : २०८२ बैशाख २८ गते

चितवन । नेपाल मानवअधिकार संगठन चितवनको आयोजनामा ‘नेपालमा मानव अधिकारको अवस्था, जनभावना र हाम्रो दायित्व’ विषयक अन्तक्र्रिया शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल मानवअधिकार संगठनका केन्द्रीय अध्यक्ष ईन्द्रप्रसाद अर्यालले विगतभन्दा वर्तमान अवस्थामा मानवअधिकारक‍ो अवस्थामा केही सुधार हुँदै आएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अर्यालले जनताको चाहना पूरा गर्न अझै पनि थप कार्यहरु गर्नुपर्नेमा जोड दिनु पर्ने भनाइ थियो ।

- ADVERTISEMENT -

Advertisement

मानव अधिकारवादी, सरोकारवाला, प्रशासन, पत्रकार, राजनीतिक दल लगायत सबैलाई एकाकार भएर लागेमा मात्र पीडितले न्यायको प्रत्याभूत गर्न सक्ने उनको आग्रह थियो ।

कार्यक्रममा नेपाल मानव अधिकार संगठन चितवनका सभापति हरि अधिकारीले आधारपत्र प्रस्तुत गरेका थिए । चितवन उद्योग संघको हलमा सम्पन्न कार्यक्रममा वक्ताहरुले हाल नेपालको मानवअधिकारको अवस्था, जनताको भावना, यसको चुनौती र सम्भावनाको बारेमा बोलेका थिए ।

कार्यक्रममा नेपाल मानवअधिकार संगठनका पूर्व केन्द्रीय सदस्य तथा त्रिभुवन विश्व विद्यालयका पूर्व रजिस्ट्रार प्रा डा भिमराज अधिकारी, पूर्व राजदूत प्रा डा रविमोहन सापकोटा, वरिष्ठ मानवअधिकारकर्मी तथा नेपाल मानवअधिकार संगठनका पूर्व केन्द्रीय सदस्य वालकृष्ण पौडेल, शिक्षाविद रमाकान्त सापकोटा, मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति राजेन्द्र पौडेल, काहु राष्ट्र नेपालका उपाध्यक्ष विनोदखण्ड तिमेल्सेना, नेपाल वार एसोसिएसन चितवनका अध्यक्ष फुलमाया रानाभाट, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त पराजुली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक रिजाल, प्राध्यापक मधुसूदन दवाडी, जनक वानिया लगायतले मानवअधिकारको वर्तमान अवस्था चुनौती र सम्भावनाको बारे बिचार विमर्श गरेका थिए ।

कार्यक्रम नेपाल मानव अधिकार संगठन चितवनका अध्यक्ष हरिप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । संगठनका जिल्ला उपाध्यक्ष तथा मानवअधिकार संजालका संयोजक दिपक लामिछानेले स्वागत मन्तव्य दिएका हुन् भने सञ्चालन सचिव दिपकबाबू श्रेष्ठले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45