काठमाडौँ / प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दै छ । सङ्घीय संसद् बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।
बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ मा प्रेम सुवालले दर्ता गरेको विरोधको सूचना निर्णयार्थ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
- ADVERTISEMENT -

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ प्रस्तुत गर्नेछन् ।






































