Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अवकाशपछि ‘कुलिङ पिरियड’ दुई वर्ष, सरकारले गर्‍यो सहमति

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते
The Office of the Prime Minister and Council of Ministers in Singha Durbar as captured on Friday, October 14, 2016. Photo: RSS

काठमाडौं / संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ दुई वर्ष राख्ने प्रस्तावमा सरकार सहमत भएको छ । निजामती सेवाका उच्च तहका कर्मचारी अवकाश पाएपछि कूटनीतिक, राजनीतिक, संवैधानिक लगायतका पदमा जानबाट रोक्नका लागि संघीय निजामती सेवा विधेयकमा २ वर्षे कुलिङ पिरियड राख्न सरकार सहमत भएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले उक्त सहमति सार्वजनिक गर्दै सरकार अब दुई वर्षको कुलिङ पिरियड कायम गर्न तयार भएको जानकारी दिए । गृहमन्त्री लेखकले समितिमा बोल्दै भने, ‘कुलिङ पिरियड दुई वर्ष गरौं, त्यसभन्दा बढी नगरौं । धेरै राख्दा जनशक्ति व्यवस्थापनमा समस्या आउन सक्छ ।’

- ADVERTISEMENT -

Advertisement

यसअघि सरकारभित्र नै कुलिङ पिरियड कति समयको हुने भन्नेमा मतभेद थियो । सत्तारूढ दलभित्र पनि एक पक्ष एक वर्षका पक्षमा उभिएको थियो भने अर्को पक्षले दुई वर्षको प्रस्ताव गर्दै आएको थियो । समितिमा प्रस्तुत विधेयकको प्रारम्भिक मस्यौदामा मुख्यसचिव, कानुन सचिव र प्रधानमन्त्री कार्यालयका सचिवहरूलाई कुलिङ पिरियड नलाग्ने व्यवस्था गरिएको थियो, जसप्रति व्यापक आलोचना भएको थियो । सो व्यवस्थाले निजामती सेवाभित्र भेदभाव सिर्जना गरेको भन्दै सांसदहरूले त्यसमा आपत्ति जनाएका थिए । अन्ततः समितिले सो व्यवस्थाबाट पछि हट्दै समावेशी र निष्पक्ष मापदण्ड बनाउने दिशातर्फ अग्रसर भएको देखिएको छ ।

कुलिङ पिरियडसम्बन्धी प्रावधान समितिमा यसअघि पेस गरिएको प्रतिवेदनको बुँदा नम्बर ४१ मा उल्लेख थियो । त्यहाँ ‘निजामती वा अन्य सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारीले सेवाबाट मुक्त भएको मितिले एक वर्ष नपुगी संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ भन्ने व्यवस्था प्रस्ताव गरिएको थियो । अब उक्त अवधि बढाएर दुई वर्ष बनाउने सहमति सरकारले जनाएको हो ।

कुलिङ पिरियडबारे माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत दलहरूले फरक मत राख्दै दुई वर्ष नै कायम गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए । प्रमुख विपक्षी कांग्रेसका सांसदहरूले पनि त्यही धारणा राख्दै आएका थिए। एमालेका सांसदहरू भने एक वर्ष नै पर्याप्त हुने अडानमा थिए । यो सहमतिसँगै निजामती सेवाबाट अवकाश प्राप्त उच्च तहका कर्मचारीले अवकाशपछि तुरुन्तै संवैधानिक, कूटनीतिक वा राजनीतिक पदहरूमा पुनः नियुक्ति पाउने प्रवृत्तिमा केही हदसम्म अंकुश लाग्ने विश्वास गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05