२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दाउन्नेको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, सयौं यात्रु अलपत्र

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते
file photo.

काठमाडौं / पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको संवेदनशील दाउन्ने खण्डमा शुक्रबार राति परेको अविरल वर्षाका कारण सडक भासिँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर ४ स्थित खुर्सानी खोला नजिकै सडकको ठूलो हिस्सा भत्किएपछि राजमार्ग ठप्प बनेको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख, प्रहरी निरीक्षक दीपेन्द्र बानियाँका अनुसार, बर्दघाट बजारबाट करिब ३ किलोमिटर पश्चिममा पर्ने खुर्सानी खोला क्षेत्रमा करिब ७ मिटर सडक भासिएको छ । सडक स्तरोन्नतिको क्रममा भर्खरै गरिएको ढलानसमेत उप्किएर क्षति पुगेको उनले जानकारी दिए । शुक्रबार राति करिब ११ बजेदेखि अवरुद्ध भएको यो महत्वपूर्ण राजमार्ग शनिबार बिहानसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

- ADVERTISEMENT -

Advertisement

प्रहरी निरीक्षक बानियाँकाअनुसार, शनिबार बिहान पनि हल्का वर्षा जारी रहेकाले तत्काल मर्मत कार्य अघि बढाउन कठिनाइ भइरहेको छ । ‘पानी रोकिएलगत्तै निर्माण कम्पनी र सडक विभागसँग समन्वय गरी राजमार्ग शीघ्र सञ्चालनमा ल्याउन हामी लागिपरेका छौं,’ उनले भने ।

दाउन्ने सडक खण्डमा केही दिनअघिदेखि आंशिक रूपमा सवारी आवतजावत रोकेर सडक मर्मत तथा स्तरोन्नतिको कार्य भइरहेको थियो। तर, पछिल्लो समय सामान्य वर्षामा समेत यो खण्डमा कहिले सडक चिप्लो भएर त कहिले पहिरो खसेर बारम्बार यातायात अवरुद्ध हुँदै आएको छ, जसले यात्रुहरूलाई सास्ती दिइरहेको छ ।

शुक्रबार रातिदेखि नै राजमार्ग अवरुद्ध हुँदा सयौंको संख्यामा मालवाहक तथा यात्रुवाहक सवारी साधनहरू रोकिएका छन् । प्रहरीका अनुसार, हाल पश्चिमबाट पूर्वतर्फ जाने सवारी साधनहरूलाई बर्दघाट बजार क्षेत्रमा र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधनहरूलाई दुम्किबासको ज्यामिरेमा रोकिएको छ, जसका कारण यात्रुहरू अलपत्र परेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89