काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले महानगरका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नविन मानन्धरलाई स्पष्टीकरण सोधेका छन् ।
मेयर साहले आफूविरुद्ध मिडियामा अभिव्यक्ति दिएको भन्दै वडाध्यक्ष मानन्धरलाई ७ दिने स्पष्टीकरण सोधेका हुन् । उनले आफूलाई मिडियामा मेयरविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधेको बताए ।
- ADVERTISEMENT -

उनले भने, ‘म विभिन्न मिडियाहरुमा बोल्दै गर्दा मेयर साबको व्यक्तिगत चरित्र हत्या र सामाजिक प्रतिष्ठामा आँच पुर्याएको आरोप लगाउनु भएको रहेछ । उहाँको व्यक्तिगत हानी भयो भनेर स्पष्टीकरण सोधेको रहेछ ।’ उनका अनुसार उक्त स्पष्टीकरण ७ दिनभित्रमा चित्तबुझदो प्रष्टीकरण दिन भनिएको छ ।


















































