२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देउवाद्वारा कांग्रेस पदाधिकारी बैठक आह्वान, मुख्य एजेन्डा गृहमन्त्री लेखकमाथिको आरोप

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते
- ADVERTISEMENT -

काठमाडौँ / नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्दैछ । बैठक आज ९सोमबार० बिहान ९ बजेपछि बस्ने गरी बोलाइएको हो ।

बैठकमा पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, विशेषगरी गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्नबारे छलफल हुने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सभापति देउवाले मुख्यतया क्रियाशील सदस्यताका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक गगन थापाले क्रियाशील सदस्यता नवीकरणको पछिल्लो अवस्था र प्रगतिबारे बैठकलाई विस्तृत जानकारी गराउने कार्यक्रम रहेको पौडेलले जानकारी दिए । यसका साथै, बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि गम्भीर छलफल हुनेछ ।

विशेषगरी, गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई घुस प्रकरणमा पक्राउ परेपछि गृहमन्त्री रमेश लेखकको सचिवालय पनि उक्त प्रकरणमा मुछिएको भन्दै उनको राजीनामाको माग चर्को रूपमा उठिरहेको छ । यो विषयले पनि आजको पदाधिकारी बैठकमा प्राथमिकता पाउने देखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पार्टीभित्रैबाट केही प्रभावशाली नेताहरूले मन्त्री लेखकमाथि प्रश्न उठ्ने बित्तिकै नैतिकताका आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिइसकेका छन् । यस सन्दर्भमा पार्टीले आधिकारिक धारणा बनाउने वा नबनाउने भन्ने विषयमा पनि बैठक केन्द्रित हुन सक्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88