२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026
२०८३ जेष्ठ १२, मंगलवार
May 26, 2026 Tuesday

राजा फर्काउने आन्दोलनको भविष्य संकटमा

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते
file photo.

काठमाडौं / राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्रको नारासहित सडकमा उत्रने तयारी गरिरहेको राजावादी खेमाभित्र चर्किएको आन्तरिक कलह र नेतृत्वप्रतिको अविश्वासले उनीहरूको घोषित आन्दोलनको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।

‘संयुक्त जनआन्दोलन समिति’को बुधबार बैठकमा देखिएको भद्रगोल, संयोजक नवराज सुवेदीप्रतिको चरम असन्तुष्टि र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नै नेतृत्वमा ल्याउनुपर्ने मागसहितको नाराबाजीले राजावादी शक्तिहरू एकजुट भएर अघि बढ्ने सम्भावना क्षीण देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न बोलाइएको ४५ दल, समूह र अभियान आबद्ध समितिको बैठक सुरुदेखि नै तनावग्रस्त बनेको थियो । समितिका संयोजक सुवेदीले राप्रपा अध्यक्ष लिङ्देनको अनुपस्थितिमै आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्न खोजेपछि सहभागी नेता तथा कार्यकर्ताहरू ‘यो नेतृत्वले हुँदैन, राजेन्द्र लिङ्देन नै चाहिन्छ’ भन्दै आक्रामक रूपमा प्रस्तुत भए । लिङ्देन संसद् बैठकमा व्यस्त रहेको जानकारी गराइए पनि कार्यकर्ताहरूले ‘यही संसद् चाहिने भए आन्दोलन केका लागि रु’ भन्दै नेतृत्वको नियतमाथि नै प्रश्न उठाए ।

बैठकमा सुवेदीले आन्दोलनको नेतृत्व गर्न नसकेको, कार्यक्रम भद्रगोल र अव्यवस्थित भएको तथा पत्रकारलाई समेत प्रवेश दिएको भन्दै चर्को आलोचना र होहल्ला भयो । यही किचलोका बीच सुवेदीले बैठक स्थगित भएको घोषणा गर्नुपरेको थियो । यद्यपि, पछि सीमित नेताहरू बसेर देशव्यापी आन्दोलन गर्ने, काठमाडौंदेखि प्रमुख सहरसम्म प्रदर्शन गर्ने र स्थानीय तहसम्म समिति विस्तार गर्ने जस्ता महत्त्वाकांक्षी योजनाहरू समेटिएको विज्ञप्ति जारी गरियो । तर, जुन नेतृत्व र व्यवस्थापनमाथि यति ठूलो अविश्वास र प्रश्न छ, त्यसले यति ठूलो आन्दोलनलाई कसरी हाँक्न सक्ला भन्ने विषय नै अहिले राजावादी वृत्तमा संशयको केन्द्र बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

एकातर्फ, पहिलो चरणको आन्दोलनबाट खासै उत्साहजनक परिणाम नदेखिएको र जनसहभागिता पनि अपेक्षित नरहेको विश्लेषण भइरहेका बेला, दोस्रो चरणको तयारीमै नेतृत्वको विषयलाई लिएर देखिएको यो फुटको संकेत आन्दोलनलाई सुरु हुनुअघि नै कमजोर बनाएको छ । राजावादी शक्तिहरूबीचको एकता र बलियो नेतृत्वको अभावमा राजसंस्था पुनःस्थापना जस्तो जटिल राजनीतिक लक्ष्य हासिल गर्ने उनीहरूको सपनामा तुषारापात हुने सम्भावना बढेको छ ।

राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपालजस्ता दलहरूलाई एकै ठाउँमा ल्याएर आन्दोलन गर्ने प्रयास भए पनि यी दलहरूका शीर्ष नेताहरूकै बीचमा समेत समन्वय र विश्वासको कमी देखिएको छ । विशेषगरी, राप्रपा अध्यक्ष लिङ्देनको अनुपस्थिति र उनको नाममा भएको नाराबाजीले आन्दोलनको केन्द्र को बन्ने भन्नेमा पनि गहिरो मतभेद रहेको सङ्केत गर्छ । यस्तो अवस्थामा, ‘संयुक्त जनआन्दोलन समिति’ नाममा मात्रै संयुक्त रहने तर व्यवहारमा विभाजित र कमजोर हुने खतरा बढेको छ । घोषित आन्दोलनका कार्यक्रमहरू कागजमै सीमित हुने र राजावादीहरूको आन्दोलन थप संकटमा फस्ने कतिपयको तर्क छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99