२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकामा नेपाली आप्रवासीको टीपीएस खारेजको घोषणा

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते

वासिङ्टन / अमेरिकी ट्रम्प प्रशासनले नेपाली आप्रवासीलाई दिँदै आएको टेम्पररी प्रोटेक्टेड स्ट्याटस ९टीपीएस० सुविधा २०२५ अगस्ट ५ मा अन्त्य हुने गरी खारेज गर्ने घोषणा गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले बिहीबार एक संक्षिप्त विज्ञप्तिमार्फत नेपाली टीपीएस धारकहरूलाई आफ्नो स्वदेश फिर्तीको तयारी गर्न आग्रह गरेको हो ।

यूएससीआईएसका अनुसार, नेपालले २०१५ को विनाशकारी भूकम्पपछि प्राप्त टीपीएस सुविधा अब निरन्तर आवश्यक नरहेको बताइएको छ । ‘नेपालले आपतकालीन अवस्थामा सुधार ल्याएको, पूर्वाधार पुनर्निर्माणमा उल्लेखनीय प्रगति गरेको’ भन्दै अब टीपीएसको आवश्यकता नरहेको निष्कर्ष निकालिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सेप्टेम्बर २०२४ को एक प्रतिवेदनलाई उद्धृत गर्दै गृह सुरक्षा विभागले नेपालमा ध्वस्त भएका घरहरूको ८८ प्रतिशत पुनर्निर्माण भइसकेको जानकारी दिएको छ । त्यसैले, नेपालले आफ्ना नागरिकहरूको पुनःस्थापनामा पर्याप्त तयारी गरेको ठहर गर्दै टीपीएस समाप्त गर्ने निर्णय लिइएको बताइएको छ ।

नेपाललाई टीपीएस सुविधा पहिलोपटक २०१५ जुनमा, विनाशकारी भूकम्पपछि दिइएको थियो । सुरुमा १८ महिनाका लागि दिइएको यो सुविधा, तत्कालीन राष्ट्रपति ओबामाको कार्यकालमा २०१६ अक्टोबरमा विस्तार गरिएको थियो ।

तर २०१८ मा ट्रम्प प्रशासनले यो सुविधा हटाउने प्रयास गरेको थियो । इमिग्रेशन अधिवक्ताहरूको कानुनी चुनौतीपछि उक्त निर्णय तत्काल कार्यान्वयन हुन सकेन र टीपीएस सन् २०२२ सम्म लम्बिएको थियो ।

पछिल्लो चरणमा, बाइडेन प्रशासनले पनि दुई पटक टीपीएसको अवधि थप गरेको थियो, जुन अब २०२५ जुन २४ मा अन्त्य हुने बताइएको थियो । तर, बिहीबार गृह सुरक्षा सचिव क्रिस्टी नोएमको निर्णयपछि टीपीएस २०२५ अगस्ट ५ मा अन्तिमरूपमा समाप्त हुने निश्चित भएको हो ।

यूएससीआईएसले अमेरिकामा टीपीएस अन्तर्गत रहेका झण्डै ७ हजार ५ सय नेपाली आप्रवासीलाई ‘स्वतः स्वदेश फिर्तीको प्रक्रिया’ सुरु गर्न आग्रह गरेको छ । यसका लागि उनीहरूलाई CBP One एपमार्फत स्वयं निर्वासन प्रक्रिया थाल्न सुझाव दिइएको छ ।

अमेरिकी विदेश विभागले नेपाललाई हाल ‘यात्रा सतर्कता स्तर २’ मा राखेको छ, जुन देशको राजनीतिक अस्थिरता तथा सम्भावित हिंसाका कारण हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89