काठमाडौं / आईसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणत्मक एकदिवसीय सिरिजमा आज (आइतबार) नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे स्कटल्याण्डको डुण्डेमा शुरु हुनेछ ।
यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल घरेलुटोली विरुद्ध दोस्रो तथा सिरिजमा अपराजित रहँदै तेस्रो जित निकाल्न चाहन्छ । यसअघि भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ५ विकेटले हराएको थियो ।
- ADVERTISEMENT -

जारी त्रिकोणात्मक प्रतियोगितामा नेपाल १० अंकसहित सातौँ स्थानमा छ । एकदिवसीय मान्यता जोगाउँदै विश्वकमा छनोट हुन नेपाललाई लिग टु का हरेक खेल जित्नैपर्ने दबाब छ ।


















































