२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

‘कार्यकर्ता भेट्न एमालेको स्वीकृति चाहिन्न’

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते

काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक सक्रियता र कार्यकर्ता भेटघाटका लागि नेकपा एमालेको संस्थागत अनुमति आवश्यक नपर्ने बताएकी छन् ।

विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले नेतृसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रपति पदबाट अवकाशपछि बढ्दो राजनीतिक भेटघाटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले एमाले आफ्नो रगत र पसिनाले बनेको पार्टी भएकाले त्यहाँका नेता९कार्यकर्तासँग संवाद गर्न कसैको स्वीकृति चाहिँदैन भन्ने स्पष्ट पारिन् । ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिलेदेखि नै मैले पार्टीमा काम गरेकी हुँ,’ उनले भनिन्, ‘पार्टीका कार्यक्रममा मलाई बोलाउनु स्वाभाविक हो र त्यसमा सहभागी हुन मैले अनुमति लिइरहनु पर्दैन ।’

आफ्नो सक्रियतालाई स्वाभाविक कर्तव्यको संज्ञा दिँदै उनले समाज र जनताका आकांक्षा बुझ्न आफू देशभर घुमफिर गरिरहने बताइन् । ‘मैले समाजसँग साक्षात्कार गर्नैपर्‍यो, भेटघाट गर्नैपर्‍यो । जनता र नयाँ पुस्ता के चाहन्छन् भन्ने बुझ्नुपर्‍यो,’ उनले थपिन्, ‘राष्ट्रिय आकांक्षा साकार पार्नु हाम्रो परम कर्तव्य हो। त्यसका लागि देश र नयाँ पुस्ताका निम्ति बाँचुन्जेल संघर्ष गर्नुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -