Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘कार्यकर्ता भेट्न एमालेको स्वीकृति चाहिन्न’

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते

काठमाडौं / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक सक्रियता र कार्यकर्ता भेटघाटका लागि नेकपा एमालेको संस्थागत अनुमति आवश्यक नपर्ने बताएकी छन् ।

विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले नेतृसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रपति पदबाट अवकाशपछि बढ्दो राजनीतिक भेटघाटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले एमाले आफ्नो रगत र पसिनाले बनेको पार्टी भएकाले त्यहाँका नेता९कार्यकर्तासँग संवाद गर्न कसैको स्वीकृति चाहिँदैन भन्ने स्पष्ट पारिन् । ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिलेदेखि नै मैले पार्टीमा काम गरेकी हुँ,’ उनले भनिन्, ‘पार्टीका कार्यक्रममा मलाई बोलाउनु स्वाभाविक हो र त्यसमा सहभागी हुन मैले अनुमति लिइरहनु पर्दैन ।’

आफ्नो सक्रियतालाई स्वाभाविक कर्तव्यको संज्ञा दिँदै उनले समाज र जनताका आकांक्षा बुझ्न आफू देशभर घुमफिर गरिरहने बताइन् । ‘मैले समाजसँग साक्षात्कार गर्नैपर्‍यो, भेटघाट गर्नैपर्‍यो । जनता र नयाँ पुस्ता के चाहन्छन् भन्ने बुझ्नुपर्‍यो,’ उनले थपिन्, ‘राष्ट्रिय आकांक्षा साकार पार्नु हाम्रो परम कर्तव्य हो। त्यसका लागि देश र नयाँ पुस्ताका निम्ति बाँचुन्जेल संघर्ष गर्नुपर्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98