Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालको नेदरल्यान्ड्समाथि लगातार दोस्रो जित

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते
File photo.

काठमाडौँ / आरिफ शेखको कीर्तिमानी अर्धशतक र डेब्यु खेलाडी नन्दन यादवको घातक बलिङ प्रदर्शनको मद्दतले नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्समाथि लगातार दोस्रो जित निकालेको छ ।

स्कटल्यान्डको डन्डीमा भएको रोमाञ्चक खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्दै सिरिजमा आफ्नो सानदार प्रदर्शन कायमै राख्यो ।

- ADVERTISEMENT -

Advertisement

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रनको सम्मानजनक योगफल तयार पारेको थियो । एक समय ४० रनमा २ विकेट गुमाएर संकटमा देखिएको नेपाली पारीलाई आरिफ शेखले आफ्नो ओडीआई करियरकै उत्कृष्ट प्रदर्शन गर्दै उकासेका थिए ।

उनले ८५ बलमा ७ चौका र २ छक्कासहित अविजित ८४ रनको महत्त्वपूर्ण इनिङ खेले, जुन उनको ओडीआईमा सर्वाधिक व्यक्तिगत स्कोर हो । उनलाई भीम सार्कीले ३५ रन बनाएर राम्रो साथ दिएका थिए ।

२३७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले खेलको सुरुवातमा नै १० रन पेनाल्टी स्वरूप पाएर लाभ लिएको थियो । यद्यपि, नेपाली बलरहरूको अनुशासित प्रदर्शनसामु डच ब्याट्सम्यानहरू खुलेर खेल्न सकेनन् । नेपालका लागि ओडीआईमा पहिलो खेल खेलिरहेका नन्दन यादवले आफ्नो ‘स्वप्निल डेब्यु’ मा ९ ओभरमा ३९ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए ।

अनुभवी स्पिनर सन्दीप लामिछानेले पनि ३ विकेट आफ्नो नाममा लेखाए भने ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे । नेदरल्यान्ड्सका लागि वेस्ली बारेसीले सर्वाधिक ३६ रन जोडे पनि अन्य ब्याट्सम्यानहरूले उल्लेख्य साझेदारी गर्न नसक्दा टोली ४९.२ ओभरमा २२० रनमा अलआउट हुन पुग्यो ।

यो जितसँगै नेपालले सिरिजका ४ मध्ये ३ खेलमा जित हासिल गरेको छ । नेपालले यसअघि स्कटल्यान्डसँगको खेलमा मात्र २ रनको झिनो हार बेहोरेको थियो ।

लिग–२ को अंक तालिकामा नेपाल १६ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ भने पराजित नेदरल्यान्ड्स २३ खेलमा २६ अंकसहित दोस्रो स्थानमा यथावत छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22