Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आप्रवासी मुद्दाले अमेरिकामा फूट, ट्रम्प प्रशासन र स्थानीय सरकारबीच गम्भीर टकराव

प्रकाशित मिति : २०८२ जेष्ठ २८ गते

काठमाडौं / अमेरिकामा आप्रवासीहरूमाथिको धरपकडविरुद्ध सुरु भएको प्रदर्शनले उग्र रूप लिँदै गएको छ भने यसले सङ्घीय सरकार र स्थानीय सरकारबीच गम्भीर टकरावको अवस्था सिर्जना गरेको छ ।

लस एन्जलसमा प्रदर्शन नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड र समुद्री सेना परिचालन गरेपछि क्यालिफोर्नियाका गभर्नर र लस एन्जलसका मेयरले कडा आपत्ति जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

लस एन्जलसकी मेयर कारेन बासले आफूहरूसँग कुनै समन्वय नगरी सेना परिचालन गरिएको भन्दै यसलाई अस्वीकार्य कदमको संज्ञा दिएकी छन् ।

उनले स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै रात्रिकालीन कर्फ्यु लगाउन सकिने चेतावनीसमेत दिएकी छन् । प्रदर्शनकारीमाथि दमन नगर्न आग्रह गर्दै उनले प्रहरी प्रमुखसँग भेटवार्ता गरेकी छन् ।

यसैबीच, क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति ट्रम्पको निर्णयविरुद्ध अदालतमा मुद्दा नै दर्ता गरेका छन् । यद्यपि, प्रारम्भिक सुनुवाइमा अदालतले धरपकड रोक्न माग गरिएको उनको निवेदन अस्वीकार गरेको छ ।

लस एन्जलसबाट सुरु भएको प्रदर्शनको आगो अहिले न्युयोर्क र सान फ्रान्सिस्कोसम्म फैलिएको छ । न्युयोर्कमा प्रदर्शनकारीहरूले आप्रवासन तथा भन्सार कार्यान्वयन कार्यालय हटाउन माग गर्दै कार्यालय अगाडि नै धर्ना दिएका छन् ।

उता, सान फ्रान्सिस्कोमा भएको प्रदर्शनका कारण अदालत दिउँसो १ बजे नै बन्द गर्नुपरेको थियो भने प्रदर्शनकारीले मुख्य १०१ राजमार्ग अवरुद्ध पारेका छन् । तीन दिनमा राजमार्ग ठप्प पारिएको यो दोस्रो पटक हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98