Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धि विनायकको १८औं स्थापना दिवस : सदस्य शिक्षा एवम् अन्तर्क्रिया

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते

– बबिलाल तामाङ
चितवन । भरतपुर महानगरपालिका वडा नं. २ स्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) ले सदस्य शिक्षा एवम् अन्तर्क्रिया कार्यक्रम गरेको छ । १८औं स्थापना दिवस पहिलो दिनको शुभ अवसर पारेर शेयर सदस्यहरुलाई बुधबार सो कार्यक्रम गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष शालिकराम घिमिरेले व्यानर वाचन गरेर उद्घाटन गरेका हुन् । उद्घाटनपछि बोल्दै घिमिरेले संस्था दिगो बनाई राख्न सबैजना इमान्दार हुनुपर्ने बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमको सहजीकरणको भूमिकामा संस्थाका अध्यक्ष धिताल रहेका थिए भने शेयर सदस्यहरुलाई संस्थाका हरेक गतिविधिमा चनाखो हुनुपर्ने उनको सुझाव थियो । संस्था चलायमान बनाउन सबैको भूमिका र दायित्व बराबर हुने उनको भनाइ थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापक विकास पौडेलले संस्थागत जानकारी र वित्तीय साक्षरता बारे प्रकाश पारेका थिए । यस कार्यक्रमबाट शेयर सदस्यहरु लाभान्वित हुने विश्वास संस्थाले लिएको छ ।

संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले स्वागत मन्तव्य दिएका भने सचिव जयराम पाण्डेले सञ्चालन गरेका हुन् । कार्यक्रममा करिब डेढ सय जना शेयर सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष थिरप्रसाद धितालको अध्यक्षतामा सम्पन्न भएको थियो । २०६५ सालमा स्थापना भएको संस्थामा हाल दुई हजार नजिक शेयर सदस्यहरु रहेका छन् ।

संस्थाले दोश्रो दिन आज (बिहीबार) देवघाट–५, तनहुँ स्थित माँ कल्याणी बौद्धिक कन्या गुरुकुलमा भोजन एवम् फलफूल वितरण कार्यक्रम गर्ने भएको ।

आज नै दिनको १ बजेपछि संस्थामा आवद्ध ७५ वर्ष माथि बृद्धबृद्धाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22