२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धिविनायकको १८औं स्थापना दिवसमा विविध कार्यक्रम

३२ बालिकालाई भोजन र फलफूल, १० ज्येष्ठ शेयर सदस्य सम्मानित
प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते

– बबिलाल तामाङ

चितवन । सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस) भरतपुर–२, क्षेत्रपुरले बालिकालाई भोजन तथा फलफूल र ‘ज्येष्ठ सदस्य सम्मान’ कार्यक्रम गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

१८औं स्थापना दिवसको अवसर पारेर बिहीबार (दोश्रो दिन) देवघाट–५, तनहुँस्थित माँ कल्याणी बैदिक कन्या गुरुकुलम्मा अध्ययनरत ३२ बालिकालाई भोजन तथा फलफूल र १० ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष धितालले स्थापना दिवसमा विभिन्न कोणबाट सहजीकरण गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । समाजको अत्यन्त विकट क्षेत्रहरुमा रहेको वृद्धाश्रम, विपन्न परिवार लगायतलाई आगामी दिनमा पनि सहयोग गर्दै जाने उनले प्रतिबद्धता जनाए ।

सोही अवसरमा गुरुकुलममा आश्रित स्नेहा केसी, सरिता शाहीलगायत बालिकाहरुको समूहले स्तुती वाचन, टिका र फुलको गुच्छाले स्वागत गरेका थिए । हाल गुरुकुलममा गुरुआमाहरु र ३२ बालिकासहित ४५ जना रहेका छन् ।

कार्यक्रममा संस्थाका सल्लाहकार भगवती पाण्डे, उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, सचिव जयराम पाण्डे, सहसचिव संगीता गौतम, व्यवस्थापक विकास पौडेल, सदस्यहरु नवराज अर्याल, शम्भु अर्याल, कृष्ण सिलवाल, इन्दिरा लामिछाने पन्त, सीता सापकोटा, समाजसेवी राजेन्द्र मिश्र, पत्रकार विना तामाङलगायतको उपस्थिति रहेको थियो ।

दिप प्रज्वलन कार्यक्रम :
सिद्धिविनायक साकोसले आजै १८औं स्थापना दिवसको अवसर पारेर कार्यालय परिसरमा १८ वटा दिप प्रज्वलन गरेको छ । संस्थाका संस्थापक अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शालिकराम घिमिरेले दिप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले सञ्चालक समिति, शेयर सदस्यलगायत सबैको भूमिका निर्वाह जिम्मेवारीपूर्ण र सह्राहनीय रहेको बताए । आगामी दिनमा संस्थालाई सदस्यमुखी मात्र नभइ संस्थागतरुपमा बलियो र परिस्कृत बनाउँदै लैजानु पर्ने उनको सुझाव थियो ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, संस्थाका अध्यक्ष थिरप्रसाद धिताल, अन्य पदाधिकारी, कार्य समिति सदस्य, शेयर सदस्यहरुलगायतले एकापासमा केट काटेर खुशी साटासाट समेत गरेका थिए । कार्यक्रमको समापन गर्दै उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले संस्थागत हितका लागि अघि बढ्ने प्रतिबद्धता जनाए ।

ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान :
यसैबीच सिद्धि विनायक साकोसले संस्थामा आवद्ध १० ज्येष्ठ शेयर सदस्यहरुलाई ‘ज्येष्ठ सदस्य सम्मान’ ले सम्मानित गरेको गरेको छ । अध्यक्ष धितालका अनुसार ७५ वर्ष माथिका ज्येष्ठ शेयर सदस्यहरु सम्मानित भएका हुन् ।

सम्मानित हुनेहरुमा भरतपुर २, देवकोटाचोकका पदमकुमारी देवकोटा, भरतपुर ११, बर्मेली टोलका निरप्रसाद अधिकारी, भरतपुर ४, बेलचोकका तेजप्रसाद शर्मा, भरतपुर ७ का दिपकुमार उप्रेती, भरतपुर १० का छमकुमारी रिजाल, भरतपुर १२ का रेवतीप्रसाद रिमाल, भरतपुर २, तीनखोलेका टेकबहादुर प्रधान, भरतपुर २, बुद्ध टोलका गणेश गुरुङ, भरतपुर १०, तालिम केन्द्र पछाडिका रामचन्द्र लामा र भरतपुर ११, गोर्खाली टोलका विष्णुमाया पाण्डे रहेका छन् ।

उनीहरुलाई दोसल्ला, फलफूल र नगदले सम्मान गरिएको संस्थाका व्यवस्थापक विकास पौडेलले जानकारी दिए । संस्थाका पदाधिकारी तथा सदस्यहरु ज्येष्ठ सदस्य सम्मानका उनीहरुको घर–घरमै पुगेका थिए । ज्येष्ठ शेयर सदस्यको उच्च सम्मान गर्दै पहिलो पटक यो कार्यक्रम सुरु गरिएको व्यवस्थापक पौडेलले बताए ।

यसअघि बुधबार (पहिलो दिन) सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि (साकोस) ले सदस्य शिक्षा एवम् अन्तक्र्रिया कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85