Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इरान–इजरायल युद्ध चर्किदैँ, तेल भण्डारणमा आगलागी

प्रकाशित मिति : २०८२ असार १ गते
file photo.

काठमाडौं / इरान र इजरायलबीचको तनाव युद्धको तहमा पुगेको छ, जहाँ दुवै पक्षले एकअर्काको भूमिमा भीषण आक्रमण गरेका छन् । इजरायली हमलाबाट इरानको प्रमुख तेल भण्डारमा भीषण आगलागी भएको छ भने इरानले प्रहार गरेका मिसाइल र ड्रोनका कारण इजरायलमा पनि मानवीय क्षति भएको छ । यो आक्रमण–प्रतिआक्रमणको शृङ्खलाले सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई नै थप अस्थिरतातर्फ धकेलेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, इजरायली आक्रमणले राजधानी तेहरानस्थित सहारा तेल डिपोलाई निशाना बनाएको थियो, जसको पुष्टि इरानका तेल मन्त्रीले समेत गरेका छन् । आक्रमणपछि तेल भण्डारमा लागेको भीषण आगोको भिडियो सार्वजनिक भएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, इजरायली विदेश मन्त्री इजरायल काजले सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गर्दै ‘तेहरान जलिरहेको’ भनी उत्तेजक टिप्पणी गरेका छन् । शनिबार राति भएको यस हमलामा कम्तीमा दुई जना इरानी नागरिकको मृत्यु भएको प्रारम्भिक खबर छ ।

इजरायली आक्रमणको जवाफमा इरानले पनि इजरायलमाथि ब्यालेस्टिक मिसाइल र ड्रोनबाट हमला गरेको छ । इरानी रिभोलुसनरी गार्डले एक विज्ञप्ति जारी गर्दै इजरायलका हतियार भण्डारलाई लक्षित गरिएको जनाएको छ । आफ्नो आक्रमणमा ३ वटा क्रुज मिसाइल, १० वटा ड्रोन तथा दर्जनौं अन्य हतियार प्रयोग गरिएको गार्डले दाबी गरेको छ ।

इरानी सञ्चारमाध्यमहरूले तेल अभिभ र हाइफा सहरलाई निशाना बनाइएको उल्लेख गरेका छन् । इजरायली पक्षले भने इरानी हमलामा करिब २० वर्षीया एक महिलाको मृत्यु भएको र अन्य धेरै घाइते भएको पुष्टि गरेको छ ।

यो आक्रमण(प्रतिआक्रमणको शृङ्खलाले गम्भीर राजनीतिक र कूटनीतिक परिणामहरू निम्त्याएको छ । इरानका राष्ट्रपति मसुद पजेस्कियानले इजरायली हमला नरोकिएमा अझै भीषण आक्रमण गर्ने चेतावनी दिएका छन् । बढ्दो तनावकै बीच आइतबार हुने भनिएको अमेरिका र इरानबीचको महत्त्वपूर्ण आणविक वार्तासमेत स्थगित भएको छ, जसले विश्वशक्तिहरूलाई समेत चिन्तित बनाएको छ ।

दुवै देशबाट हमला जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण आउन अझै बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98