२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘अबको राजनीति राष्ट्रनिर्माणको लागि हुनुपर्छ’

युवायुवती विदेश पलायनले संस्कार र संस्कृति लोप हुँदै, वरिष्ठको अधिक सुविधाले जनता बिचल्लीमा
प्रकाशित मिति : २०८२ असार ४ गते

– बबिलाल तामाङ
भरतपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) चितवनका अध्यक्ष नरेन्द्र कन्दङ्वाले अबको राजनीति राष्ट्र निर्माणको लागि हुनुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भरतपुर महानगर कमिटीको शनिबार सम्पन्न दोश्रो अधिवेशनमा अध्यक्ष कन्दङ्वाले सो बताएका हुन् ।

युवायुवतीहरुलाई पूँजीवादी देशमा पठाएर हामो संस्कार र संस्कृति लोप हुँदै गएको उनको भनाइ थियो । ‘हामीले सोच्ने बेला आएको छ,, उनले भने, अब आफ्नै देशमा पढाउनुपर्छ र यो देशको विकासका लागि आजैदेखि यो अभियान थाल्नुपर्छ ।’

- ADVERTISEMENT -

Advertisement

उनले हरेक वरिष्ठ र विशिष्टले राज्यको सुविधा बढाउँदै जाने हो भने यो देशको जनता बिचल्ली हुने बताउँदै अब बोल्ने बेला आएको बताए । पद र प्रतिष्ठाले मात्र काम नहुने हुँदा सबै जागरुक र एक ढिक्का भई लड्नको लागि अगाडि बढ्न उनको आग्रह थियो ।

कार्यक्रममा सम्मानित हुने जनप्रतिनिधिहरुलाई शुभकामना व्यक्त गर्दै आफ्नो काम र जिम्मेवारी प्राप्त सबैलाई जनतामुखी सेवा गर्न उनको सुझाव थियो ।

समाजवादीको अर्थतन्त्र र योजनालाई अगाडि लैजानुपर्छ भनी पास गरेर ल्याएको दस्तावेजलाई सरकारले बेवास्ता गरेको उनको आरोप थियो । उनले साह्रै ठूलो र गहिरो अध्ययन गरी दस्तावेज पास गरेर ल्याएको बताउँदै आज यो मुलुकमा दशौं पार्टीहरु मध्ये नेकपा एस पार्टी अब्बल पार्टी भएको दावी गरे ।

महानगरमा सोगराज रिजाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भरतपुर महानगर कमिटी चितवनको नेतृत्वमा सोगराज रिजाल चयन भएका छन् । शनिबार सम्पन्न नेकपा एसको दोश्रो अधिवेशनबाट रिजालको नेतृत्वमा ८३ सदस्यीय कमिटी चयन गरिएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा बसन्ती श्रेष्ठ, सचिवमा कोपिला उपरकोटी, उपसचिवद्वय शोभाकान्त पोखरेल र शिवबहादुर रानाभाट छनोट भएका छन् ।

यस्तैगरी सदस्यहरुमा भरतपुर–१० बाट भविलाल सापकोटा, लक्ष्मी लामिछाने, रोशन पौडेल, संजिता थापामगर, भरतपुर–५ बाट गीता रेग्मी, बालकुमारी खड्का, सुमित्रा लामिछाने, ईश्वरी पंगेनी, भरतपुर–२६ बाट भीमकला चौधरी, उर्मिला महतो, सिखराम महतो, भरतपुर–१२ बाट इन्द्रराम अधिकारी, जगत पौडेल, निर्मला तिवारी, धनमाया कानुचा, सरोज परिवार, भरतपुर–७ बाट सुशीला आचार्य, सरस्वती रानाभाट, हेमलाल रेग्मी छनोट भएका छन् ।

त्यस्तै, भरतपुर–२७ बाट आशाराम महतो, हेमकुमारी महतो, वडा नं. ८ बाट झुमादेवी सुवेदी, भरतपुर–२१ बाट ज्ञानबहादुर तामाङ, हरि चन्द, जीवनकुमार खड्का, मंगल तामाङ, सृजना सुनार, भरतपुर–२३ बाट रामनाथ भण्डारी, विनोद विक, भरतपुर–९ बाट हरिप्रसाद लोहनी, राकेश भण्डारी, मोतिलाल गैरे, भरतपुर–१९ बाट राजु लम्साल, भरतपुर–२० बाट गणेश तामाङ, विनोद महतो, कमला परियार छानिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89