Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अमेरिकाको इरानमाथि हवाई आक्रमण, ट्रम्पले सम्बोधन गर्ने

अन्तर्राष्ट्रिय समुदायमा हलचल
प्रकाशित मिति : २०८२ असार ८ गते

काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आणविक केन्द्रहरूमाथि सफल हवाई आक्रमण गरेको दाबी गरेलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् । वाशिङ्टन, डीसीको स्थानीय समयअनुसार राति १० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको हो ।

उनको सम्बोधनलाई मध्यपूर्वको तनाव र सम्भावित युद्धको भविष्य निर्धारण गर्ने महत्त्वपूर्ण क्षणका रूपमा हेरिएको छ । ट्रम्पको सम्बोधनले इरानमाथिको आक्रमणको विस्तृत जानकारी दिनुका साथै अमेरिकाको आगामी रणनीतिबारे पनि स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यो सम्बोधनले अमेरिका अब कूटनीतिक समाधानतर्फ अघि बढ्छ वा सैन्य कारबाहीलाई निरन्तरता दिन्छ भन्ने कुराको सङ्केत दिनेछ, जसले विश्वव्यापी राजनीति र सुरक्षामा दूरगामी प्रभाव पार्न सक्छ ।

यसअघि, ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत अमेरिकाले इरानका प्रमुख आणविक केन्द्रहरू फोर्डो, नटान्ज र इस्फहानमा सफलतापूर्वक आक्रमण सम्पन्न गरेको दाबी गरेका थिए । उनले आक्रमणमा संलग्न सबै अमेरिकी विमानहरू सुरक्षित रूपमा इरानी हवाई क्षेत्रबाट बाहिर आइसकेको पनि जानकारी दिएका थिए ।

आक्रमणलाई ऐतिहासिक क्षणको संज्ञा दिँदै उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘यो संयुक्त राज्य अमेरिका, इजरायल र सम्पूर्ण विश्वका लागि एक ऐतिहासिक क्षण हो,’ उनले इरानलाई चेतावनी दिँदै थपे, ‘इरानले अब यो युद्ध अन्त्य गर्न सहमत हुनुपर्छ ।’ ट्रम्पको यो घोषणा र सम्भावित सम्बोधनले अन्तर्राष्ट्रिय समुदायमा हलचल मच्चाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05