२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबुछोरासहित तीनको मृत्यु

प्रकाशित मिति : २०८२ असार १५ गते
sketch

काठमाडौं / सुनसरीको रामधुनी नगरपालिकास्थित चतरा–कान्छी चोक सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटनामा प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकलमा सवार बाबुछोराको ज्यान गएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका–६ का ३४ वर्षीय इनर्चन चौधरी र उनका ९ वर्षीय छोरा प्रनिष चौधरी रहेका छन् । त्यस्तै, अर्को मोटरसाइकलका चालक इनरुवा नगरपालिका–६ का ५१ वर्षीय बिन्दु यादवको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर, उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा मृतक इनर्चनकी ३२ वर्षीया श्रीमती प्रतीक्षा चौधरी गम्भीर घाइते भएकी छिन् । उनी सोही मोटरसाइकलमा सवार थिइन्

त्यसैगरी, को ३३ प ९६०५ नम्बरको मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका–७ का ३६ वर्षीय रमेश चौधरी पनि घाइते भएका छन् । घाइते दुवै जनाको बीपी प्रतिष्ठानमै उपचार जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85