२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संवैधानिक नियुक्ति बहुमतले सदर, ५२ पदाधिकारीको पद सुरक्षित

प्रकाशित मिति : २०८२ असार १९ गते

काठमाडौँ / राजनीतिक र संवैधानिक वृत्तमा लामो समयदेखि तरंग ल्याएको ५२ संवैधानिक पदाधिकारीहरूको नियुक्ति विवादलाई सर्वोच्च अदालतले अन्ततः टुंग्याएको छ । मंगलबार मध्यरातमा सार्वजनिक फैसलाअनुसार, सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतले नियुक्तिलाई सदर गर्दै वैधता प्रदान गरेको हो ।

यो फैसलासँगै अध्यादेशमार्फत नियुक्त गरेका सबै ५२ पदाधिकारीको पद सुरक्षित भएको छ । पाँच न्यायाधीश सम्मिलित संवैधानिक इजलासमा तीन न्यायाधीशले नियुक्ति प्रक्रिया कानुनसम्मत भएको ठहर गरे भने दुई न्यायाधीशले त्यसप्रति असहमति जनाउँदै नियुक्ति बदर हुनुपर्ने फरक मत राखेका थिए । तर, बहुमतको राय नै अन्तिम फैसला ठहरिने भएकाले नियुक्तिले निरन्तरता पाएको हो ।

- ADVERTISEMENT -

Advertisement

यो विवाद तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ र २०७८ सालमा गरी दुई पटक संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि सुरु भएको थियो । उक्त अध्यादेशले परिषद्को बैठकका लागि गणपूरक संख्या र निर्णय प्रक्रियासम्बन्धी व्यवस्थालाई परिवर्तन गरेको थियो, जसले गर्दा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुखको अनुपस्थितिमा पनि बैठक बसी निर्णय गर्न सक्ने बाटो खुल्यो ।

यही परिवर्तित व्यवस्थाको आडमा तत्कालीन प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा मात्रै बसेको परिषद् बैठकले विभिन्न संवैधानिक आयोगहरूमा ५२ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो । उक्त बैठकहरूमा तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भाग लिएका थिएनन् ।

सरकारको यो कदम असंवैधानिक, शक्ति पृथकीकरणको सिद्धान्तविपरीत र संसदीय सुनुवाइलाई छल्ने प्रपञ्च भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । नियुक्ति बदरको माग गर्दै २०७७ पुस १ देखि २०७९ साउन १० सम्म गरी १५ वटा रिट दायर भएका थिए, जसलाई सर्वोच्चले एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।

करिब तीन वर्ष लामो कानुनी लडाइँ र पटक(पटकको सुनुवाइपछि आएको यो फैसलाले संवैधानिक नियुक्तिसम्बन्धी बहसमा नयाँ नजिर स्थापित गरेको छ । यसले राजनीतिक वृत्तमा समेत दूरगामी असर पार्ने विश्लेषण गर्न थालिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45