२०८२ असार ३१, मंगलवार
July 15, 2025
२०८२ असार ३१, मंगलवार
July 15, 2025 Tuesday

पत्रकार दिलभूषणलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

प्रकाशित मिति : २०८२ असार १९ गते

काठमाडौं / काठमाडौं जिल्ला अदालतले पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।

आज (बिहीबार) बिहान मात्रै अदालतमा उपस्थित भएका पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश भएको हो । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दा दायर गरिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको चरित्रहत्या गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -