२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026
२०८३ भाद्र ३०, मंगलवार
September 15, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिंहदरबारबाटै गायब सरकारी गाडी, खोजतलासका लागि प्रहरीलाई पत्र

प्रकाशित मिति : २०८२ असार २० गते

काठमाडौं / देशको प्रमुख प्रशासनिक केन्द्र र सबैभन्दा सुरक्षित मानिने सिंहदरबार परिसरबाटै सरकारी सवारीसाधन हराएको घटना सार्वजनिक भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको स्वामित्वमा रहेको गाडी हराएपछि मन्त्रालयले नै प्रहरीलाई खोजतलासका लागि गुहारेको हो ।

श्रम मन्त्रालयको प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको महिन्द्रा स्कोर्पियो–एस फोर गाडी केही समयदेखि बेपत्ता भएको भन्दै मन्त्रालयले असार १५ गते गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई औपचारिक रूपमा पत्राचार गरेको थियो । सचिवस्तरीय निर्णयबाट पठाइएको उक्त पत्रमा गाडीको खोजी गरी संलग्न व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

पत्रमा भनिएको छ, ‘यस मन्त्रालयको स्वामित्वमा रहेको तपसिलको विवरण अनुसारको चारपाङ्ग्रे सवारीसाधन विगत केही समय अघिदेखि हराइरहेको हुँदा उक्त सवारीसाधन जहाँ जस्तो जुन अवस्थामा छ, खोजतलास गरिदिनुहुन साथै प्रचलित कानुनबमोजिम सो कार्यमा संलग्न रहेका व्यक्तिलाई मुद्दा दर्ता गरी अनुसन्धान कारबाही अगाडि बढाइदिनुहुन अनुरोध गरिन्छ ।’

मन्त्रालयको पत्र प्राप्त भएपछि गृह मन्त्रालयले तत्काल प्रहरीलाई खोजीका लागि निर्देशन दिएको थियो । गृहका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले श्रम मन्त्रालयको पत्रअनुसार गाडी खोज्न प्रहरीलाई पठाइएको पुष्टि गरे । उनले भने, ‘पत्र आएपछि प्रक्रिया अगाडि बढेको छ, तर हालसम्म प्रहरीबाट कुनै नयाँ जानकारी आएको छैन ।’

मन्त्रीको फरक दाबी
एकातिर मन्त्रालयको प्रशासन गाडी हराएको भन्दै प्रहरी गुहारिरहेको छ भने अर्कोतिर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यो पूरै प्रकरणलाई ‘स्टन्टबाजी’ को संज्ञा दिएका छन् । उनले गाडी नहराएको र मन्त्रालयका सचिवको घरमै सुरक्षित रहेको दाबी गरे । ‘गाडी हराएको भन्ने कुरामा कुनै सत्यता छैन, त्यो गाडी सचिवज्यूको निवासमा थियो र अहिले प्राप्त भइसकेको छ,’ मन्त्री भण्डारीले भने, ‘यो केवल केही व्यक्तिले चर्चामा आउन गरेको स्टन्टबाजी मात्र हो ।’

एउटै मन्त्रालयबाट एउटै विषयमा दुई फरक र विरोधाभासपूर्ण अभिव्यक्ति आउनुले सरकारी निकायहरूको कार्यशैली र जवाफदेहितामाथि नै प्रश्न उठाएको छ । यदि गाडी हराएकै हो भने सिंहदरबारको सुरक्षामा यो ठूलो कमजोरी हो । यदि हराएको होइन भने, मन्त्रालयको कुन तहले र किन यस्तो संवेदनशील विषयमा प्रहरीलाई गुहार्‍यो भन्ने विषय अनुसन्धानको विषय बनेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.09
176.78
UK Pound Sterling
1
205.74
206.55
Swiss Franc
1
186.80
187.54
Australian Dollar
1
108.74
109.16
Canadian Dollar
1
109.81
110.24
Singapore Dollar
1
120.05
120.52
Japanese Yen
10
9.86
9.90
Chinese Yuan
1
22.75
22.83
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.59
4.60
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.44
37.58
South Korean Won
100
11.35
11.39
Swedish Kroner
1
15.61
15.67
Danish Kroner
1
23.55
23.65
Hong Kong Dollar
1
19.45
19.53
Kuwaity Dinar
1
497.20
499.15
Bahrain Dinar
1
404.77
406.37
Omani Rial
1
396.33
397.89