२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

भोजपुरमा खुकुरी प्रहारबाट पत्नीसहित चारजनाको हत्या

प्रकाशित मिति : २०८२ असार २२ गते
File photo.

काठमाडौं / भोजपुरको रामप्रसाद राई गाउँपालिकामा एक व्यक्तिले पत्नीसहित ससुरालीका चार जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । भोजपुर नगरपालिका(२ हेलाउछ बस्ने राजेन्द्र राईले शनिबार मध्यराति ससुरालीमा गएर चार जनाको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाका अनुसार रामप्रसाद राई गाउँपालिका–२, धोद्लेखानीस्थित एकै घरमा चार जनाको शव हत्या गरिएको अवस्थामा फेला परेको हो । मृत्यु हुनेहरूमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी, श्रीमती मनिषा गिरी र सालो सपन गिरी रहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

घटनास्थलमा गम्भीर घाइते अवस्थामा फेला परेका राईले आफूले नै हत्या गरेको स्वीकार गरिसकेको डीएसपी तिमिल्सिनाले जानकारी दिए । ‘घाइते अवस्थामा नियन्त्रणमा लिइएका अभियुक्त राईले हत्या आफूले नै गरेको स्वीकारेका छन्,’ डीएसपी तिमिल्सिनाले भने, ‘पारिवारिक विवाद नै घटनाको मुख्य कारण देखिन्छ ।’

शनिबार राति करिब १ बजे घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले हत्यापछि आफूलाई पनि घाइते बनाएका अभियुक्त राईलाई तत्कालै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल, भोजपुर पठाएको छ । उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

प्रहरीले घटनास्थललाई पूर्ण रूपमा सिल गरी प्रमाण संकलन र थप अनुसन्धान कार्यलाई तीव्रता दिएको छ । एउटै परिवारको वंशनाश हुने गरी भएको हत्याकाण्डको कारणबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10