२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने

प्रकाशित मिति : २०८२ असार ३१ गते

चितवन / भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । मानसिक रोगको उपचारसगैँ पुनस्र्थापनासहित जनचेतना बढाउने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको अस्पताल जनाएको छ ।

नेपाल ईन्टूच्यूट अफ मेन्टल हेल्थको सहकार्यमा अस्पतालले सो केन्द्र स्थापना गर्न लागेको हो । संयुक्त राज्य अमेरिकामा रहेका मानसिक स्वास्थ्य क्षेत्रका चिकित्सक, परामर्शदाता र जनस्वास्थ्य विज्ञहरुको संस्था नेपाल ईन्स्टिच्यूट अफ मेन्टल हेल्थले केन्द्र निर्माणका लागि ५० प्रतिशत लगानी गर्ने सम्झौता पत्रमा सोमवार हस्ताक्षर गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

अस्पतालका अध्यक्ष राजु पौडेलले केन्द्र स्थापनाका लागि तत्काल ५ करोड रुपियाँ खर्च लाग्ने र सो रकम मध्ये ईन्स्टिच्यूटले आधा रकम लगानी गर्ने सम्झौता भएको जानकारी दिए ।

‘ईन्स्टिच्यूटसगै भरतपुर अस्पतालले पनि लगानीको २५ प्रतिशत र बाँकी २५ प्रतिशत विभिन्न दाताहरुसँग सहयोग जुटाउने गरि केन्द्र बनाउन लागेका छौँ । यो हामी डेढदेखि दुई वर्षभित्रमा सञ्चालनमा ल्याउने छौँ’, उनले भने ।

सम्झौतामा अस्पतालका तर्फबाट अध्यक्ष राजु पौडेल र मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले र “ईन्टूच्यूटका तर्फवाट कार्यकारी निर्देशक डा श्रीधर पौडेल र सदस्य डा खगेन्द्र काफ्लेले हस्ताक्षर गरेका छन् ।

नेपाल ईन्स्टिच्यूट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक श्रीधर पौडेलले नेपालमा मानसिक स्वास्थका क्षेत्रमा केही गर्ने उद्देश्यले आफूहरुले केन्द्र बनाउन लागिएको बताए ।

“नेपालमा मानसिक स्वास्थ्यलाई त्यति प्राथमिकतामा नदेखिएको अवस्थामा हामीले यो काम अगाडि बढायौ“, उनले भने, “नेपालमा मानसिक स्वास्थ्यको समस्या जटिल छ । यसलाई केन्द्रमा राखेर उपचार गर्ने देखि पूर्नस्थापना गर्ने सम्मको काम हामी गर्ने छौँ ।”

केन्द्रले समुदायमा जनचेतना जगाउने पनि बताए । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनमा मानसिक रोगको उपचारमा केन्द्र स्थापना गर्नु आफैमा उपलब्धि हुने पनि उनको भनाइ थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले मध्य नेपालमै सवै भन्दा बढी विरामीले उपचार गराई रहेका भरतपुर अस्पतालमा छुट्टै मानसिक स्वास्थ्य उपचार केन्द्र आवश्यक रहेको बताए ।

“मानसिक स्वास्थ्य समस्यामा परेका विरामीलाई अहिले सम्म विभागवाट सञ्चालन गरिएको थियो अब केन्द्र मार्फत सञ्चालन गरिने छ“ , उनले भने ।

भरतपुर अस्पतालमा अहिले ट्रमा सेन्टर र स्पाईनल सेन्टर पनि छुट्टै केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45