२०८३ भाद्र २५, बिहीबार
September 10, 2026
२०८३ भाद्र २५, बिहीबार
September 10, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा डिआइजी अरूण पौडेल सम्मानित

प्रकाशित मिति : २०८२ श्रावण ३ गते

चितवन / नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) एवम् बागमती प्रदेश प्रहरी प्रमुख अरूण पौडेललाई चितवनमा सम्मान गरिएको छ । बालकुमारी माध्यमिक विद्यालय नारायणगढले उक्त विद्यालयका पूर्वविद्यार्थी समेत रहेका डिआइजी पौडेललाई शनिबार सम्मानित गरेको हो ।

डिआइजी पौडेलले बालकुमारी माविबाट २०४७ सालमा एसएलसी दिएका थिए । २०५४ साल चैतबाट प्रहरी निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका डिआइजी पौडेल हाल प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत छन् ।

- ADVERTISEMENT -

Advertisement

बालमाविद् पूर्वविद्यार्थी सम्मान २०८२ ग्रहण गरेपछि समारोहमा बोल्दै डिआइजी पौडेलले विगतमा बालकुमारी माविका विद्यार्थी एसएलसी नतिजामा बोर्डफर्स्ट, बोर्डसेकेण्ड हुने गरेको स्मरण गरे । उनले गुणस्तरीय शिक्षाको खोजीमा आफू स्याङ्जादेखि चितवनसम्म आई बालकुमारी माविमा पढेको बताए । डिआइजी पौडेलले बालकुमारीको पुरानो साखलाई पुनः फर्काउन सरोकारवाला सबै जुट्नु पर्ने बताए । उनले यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबध्दता जनाए ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका-२ का वडाध्यक्ष मनोज रानाभाटले बालकुमारी माविको शैक्षिक गुणस्तर वृध्दिका लागि वडाले आवश्यक सहयोग गर्दै आएको जानकारी दिए । उनले वडाबाट विद्यालयलाई स्मार्ट बोर्ड, ल्यापटपलगायत सहयोग गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल भट्टराईले शैक्षिक सुधारका लागि बालकुमारी माविले आफ्नो गति लिइरहेको बताए । यस वर्षको एसइई नतिजाले पनि यस कुरालाई पुष्टि गरेको उनको भनाइ थियो ।

कार्यक्रममा बालकुमारी माविका प्रधानाध्यापक आनन्दराज सापकोटा, पूर्वप्रधानाध्यापक सरस्वती रिजाल, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष तारामित्र पण्डित, बालमाविद् अलुम्नाई एसोसिएसनका अध्यक्ष वामदेव शर्मा, पूर्वविद्यार्थीहरू सनदकुमार पिया, नरेन्द्र कँडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र पौडेलले सञ्चालन गरेको उक्त कार्यक्रममा शिक्षक रमानिधि पन्तले स्वागत मन्तव्य राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85