२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वैदेशिक रोजगारीको प्रलोभनमा  पारी २१ लाख ठग्ने दुई पक्राउ

प्रकाशित मिति : २०८२ श्रावण ६ गते
sketch
- ADVERTISEMENT -

काठमाडौं । आकर्षक तलबसहित युरोपेली मुलुक पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई जनालाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा गोरखाकी २९ वर्षीया जुनु राना थापा मगर र बर्दियाका ३३ वर्षीय सुदीप कुमार यादव रहेका छन् ।

कार्यालयका अनुसार, पक्राउ परेकी मगरले स्लोभाकिया पठाइदिन्छु भनी ९ जना व्यक्तिबाट ३ लाख १० हजार रुपैयाँ ठगी गरेकी हुन् । पीडितहरूले दिएको उजुरीका आधारमा अनुसन्धान गर्दा मगरलाई काठमाडौं महानगरपालिका-१५ बाट साउन ४ गते पक्राउ गरिएको हो । उनको स्थायी ठेगाना गोरखाको बारपाक सुलिकोट गाउँपालिका-४ हो भने हाल उनी काठमाडौं-१५ मा बस्दै आएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, सर्बिया पठाइदिने आश्वासन दिएर ४ जना युवाबाट १८ लाख ५६ हजार रुपैयाँ ठगी गरेको आरोपमा यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । बर्दियाको गुलरिया नगरपालिका-२ का स्थायी बासिन्दा यादव हाल काठमाडौं महानगरपालिका-३२ मा बस्दै आएका थिए । उनलाई प्रहरीले साउन ४ गते काठमाडौं-३० बाट पक्राउ गरेको हो ।

पीडितहरूलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै लामो समयसम्म सम्पर्कविहीन भएपछि उजुरी परेको थियो । सोही उजुरीका आधारमा अनुसन्धान कार्यालयले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88