२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ओलीको निर्णयमा पोखरेलको असन्तुष्टि – ‘नोट अफ डिसेन्ट लेख्न दिइएन’

प्रकाशित मिति : २०८२ श्रावण ८ गते

काठमाडौं । नेकपा (एमाले) भित्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भविष्यलाई लिएर चुलिएको विवाद सतहमा आएको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउन नसकिने निर्णय सुनाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले त्यसप्रति तीव्र असन्तुष्टि जनाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

पोखरेलले अध्यक्ष ओलीको निर्णय र प्रक्रियाप्रति आपत्ति जनाउँदै आफूलाई बैठकमा ‘नोट अफ डिसेन्ट’ लेख्ने अवसरसमेत नदिइएको खुलासा गरेका छन् । 

बीबीसी नेपालीसँगको एक अन्तर्वार्तामा उनले भने, ‘अध्यक्षले आफ्नो कुरा राखिसकेपछि केही साथीहरूले प्रश्न उठाउँदै हुनुहुन्थ्यो, तर त्यहाँ ‘नोट अफ डिसेन्ट’ लेख्ने स्थिति नै बनेन ।’

उनको यो भनाइले पार्टी निर्णय प्रक्रियामा संस्थापन पक्षले एकलौटी गरेको र फरक मतलाई दबाउन खोजेको संकेत गर्दछ । 

पोखरेलले आफू अझै पनि आफ्नो मत ‘माइन्यूट’मा दर्ता गराउन सक्ने अडान राख्दै भने, ‘म यो विषयमा खुला रूपमा बोल्दै आएको हुँ । आफ्नो धारणा मर्यादित तरिकाले राख्ने हो । अहिले पनि म आफ्नो धारणा माइन्यूटमा दर्ता गर्न पठाउन सक्छु ।’

पोखरेलले अन्तर्वार्ताका क्रममा एक सनसनीपूर्ण खुलासा गर्दै पूर्वराष्ट्रपति भण्डारीको नवीकरण गरिएको पार्टी सदस्यता रहस्यमय तरिकाले हटाइएको दाबी गरे । ‘उहाँ (विद्यादेवी भण्डारी) ले २०८१ सालमै पार्टी सदस्यता नवीकरण गर्नुभएको हो । उहाँको सदस्यता नम्बर ६४१ छ, तर पार्टीको वेबसाइटमा राखिएको त्यो विवरण राति हटाइयो भन्ने मैले सुनेको छु,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीको राजनीतिक भविष्यको विषयलाई सल्लाह र समझदारीमा टुङ्ग्याउनुपर्नेमा ‘तेजोबध’ गर्ने प्रयास गरिएको भन्दै नेतृत्वको आलोचना गरे । ‘यो विषय सरसल्लाहले टुङ्ग्याउने कुरा थियो, तेजोबध गर्ने थिएन,’ उनले भने, ‘केन्द्रीय कमिटीमा एकपटक सुनाउँदैमा यो बहस सधैंका लागि बन्द भयो भन्ने मलाई लाग्दैन ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45