काठमाडौँ / सरकारले मधेश प्रदेशलाई संकटग्रस्त घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रदेशभर विपद संकटग्रस्त घोषणा गरेको हो ।
मधेश प्रदेशमा पछिल्लो केही महिनादेखि पर्याप्त वर्षा नभएपछि अधिकांश क्षेत्र सिचाइविहीन बनेका छन्। जलस्रोतहरू सुकेको र नहर प्रणाली कमजोर भएका कारण खाद्य बालीहरूमा व्यापक असर परेको छ। कृषकहरूलाई रोपाइँको समयमा पानी नपरेकाले खेतहरू सुनसान र सुक्न थालेका छन् भने सिचाइ भएको क्षेत्रमा समेत पानीको कमीले बालीमा चिरा पर्ने समस्या देखिएको छ।
- ADVERTISEMENT -

मधेश प्रदेश नेपालको कृषि उत्पादनको आधार हो। यस वर्ष यहाँको उत्पादन घट्दा नेपालले खाद्यान्नको आयातमा निर्भर हुनुपर्ने सम्भावना बढेको छ। यसले देशको खाद्य सुरक्षामा चुनौती थप्नेछ र अर्थतन्त्रमा समेत दबाब पर्नेछ। जसले गर्दा सरकारले संकटग्रस्त घोषणा गरेको हो ।















































