चितवन / नारायणगढमा तीन वटा सामाजिक संस्थाकोे संयुक्त आयोजनामा ८० जनाको निःशुल्क मधुमेह परीक्षण गरिएको छ ।
लायन्स क्लब अफ नारायणगढ, लायन्स क्लब अफ नारायणगढ नारायणी र लियो क्लब अफ नारायणगढको संयुक्त आयोजनामा बुधबार निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको हो ।
- ADVERTISEMENT -

क्यापिटल रिफ्रेन्स ल्याब प्रालिको प्राविधिक सहयोगमा निःशुल्क मधुमेह परीक्षण शिविर गरिएको कार्यक्रम संयोजक लायन विधान श्रेष्ठले जानकारी दिए ।

लायन डिष्ट्रिक ३२५ आर नेपालका डिष्ट्रिक गभर्नर पीएमजेएफ लायन नवराज सापकोटा कार्यक्रमको प्रमुख आतिथ्यता रहेको थियो । नेपालको लायन्स क्षेत्रमा नारायणगढ लायन्सको ठूलो योगदान रहेको भन्दै मधुमेह परीक्षण शिविरले स्थानीयमा थप टेवा पुगेको बताए ।
कार्यक्रममा प्रथम डिष्ट्रिक्ट भाईस गभर्नर एमजेएफ लायन प्रभाकर पण्डित, पूर्व डिष्ट्रिक्ट गभर्नर प्रभात कुमार जोशी, सिद्धार्थलाल चुके, डिष्ट्रिक्टका पदाधिकारीहरु, क्लस्टर चिफ, रिजन चियरपर्सन, जोन चियरपर्सन तीन वटै क्लबका पूर्व अध्यक्ष, पदाधिकारी, टोलबासीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ नारायणढ नारायणीकी अध्यक्ष एमजेएफ लायन जोशिला पियाले स्वागत मन्तव्य दिइन् ।
कार्यक्रम संयोजकमा विधाननसंगै लायन रञ्जना कायस्थ श्रेष्ठ र लियो सम्राट श्रेष्ठ रहेका थिए । क्लवका सह–सचिव लायन पूर्णीमा जोशी श्रेष्ठले संचालन गगरिन् भने कार्यक्रम लायन्स क्लव अफ नारायणगढका अध्यक्ष लायन सनद कुमार पिया, लायन्स क्लव अफ नारायणगढ नारायणीकी अध्यक्ष लायन जोशिला पिया र लियो क्लव अफ नारायणगढकी अध्यक्ष लियो समृद्धि पियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

















































