चितवन / भरतपुर महानगरपालिका वडा नं. ७ स्थित कृष्णपुर खेलमैदानमा वर्षालाई चुनौति दिँदै ‘राष्ट्रिय युवा संघ नेपाल कप–२०८२’ फुटबल प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामामा हुने उक्त प्रतियोगिताको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
- ADVERTISEMENT -

साउन १६ गते शुक्रबारदेखि २३ गतेसम्म हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् । राष्ट्रिय युवा संघ अन्तर्गत चितवनका ७ पालिकाबाट सात नगर कमिटी टिम र एक जिल्ला कमिटीको टोली सहभागी हुने संयोजक सगार बोम्जनले जानकारी दिए ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह क मा राष्ट्रिय युवा संघ चितवन, कालिका नगर कमिटी, राप्ती नगर कमिटी र रत्ननगर नगर कमिटी रहेका छन् ।
यस्तै समूह ख मा भरतपुर महानगर कमिटी, इच्छाकामना गाउँ कमिटी, माडी र खैरहनी नगर कमिटी रहेका छन् । उद्घाटन खेलमा शुक्रबार चितवन जिल्ला कमिटी र कालिका नगर कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे भरतपुर ७ कृष्णपुर मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृट खेलाडीले ६ हजार तथा अन्य विभिन्न ४ बिधाले ३(३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए ।
प्रतियोगितलाई रनिङ शिल्डको रुपमा आयोजना गर्ने योजना रहेको पनि उनले बताए ।


















































