२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ङाइभरले स्टार्ट गरेरै छाड्दा बस भिरमा खस्यो, ढोकाबाट हामफाले आठ यात्रु

प्रकाशित मिति : २०८२ श्रावण १९ गते
File photo.

चितवन / आँबुखैरेनीको ऐना पहरामा आइतबार दिउँसो दुर्घटना भएको छ । बस बिहान करिब साढे १० बजे गोरखाबाट यात्रु लिएर चितवनका लागि निस्केको थियो ।

चितवन आउने यात्रुको संख्या कम भएपछि उनीहरूलाई अर्को गाडीमा पठाएर ऐना पहरामै गाडी रोकियो । शहीद लखन गाउँपालिका–६ की सबु थापा मगर र उनका आफन्त सोही बसमा चढेर ऐनापहरा घुम्न आएका थिए । उनीहरूलाई लिएर गोरखा फर्कने भन्दै बस सोही स्थानमा कुरिरह्यो ।

- ADVERTISEMENT -

Advertisement

उनीहरू केही बेर ऐना पहरा घुमेर फर्कने तयारी गरे । केही बसमा चढे । कोही चढ्ने तयारीमा थिए । चालकले गाडी स्टार्ट गरेर बाँकी यात्रुलाई कुरेर बसे । केही क्षणमा स्टार्टमै राखेर चालक गाडीबाट ओर्लिए तर, ओट लगाउन बिर्सिए । गाडी विस्तारै पछाडी गुड्न थाल्यो । भित्र रहेका केही यात्रु ढोकाबाट हाम फालेर ज्यान जोगाउन सफल भए । बाँकी पाँच जना भने गाडीबाट ओर्लन नपाउँदै भिरमा खसे ।

‘हामी दश जना थियौ, ऐना पहरा घुमेर फर्कने तयारी गर्दै थियौं,’ मगरले भनिन्, ‘चार–पाँच जना आएर गाडी चढिसकेको थियौं, बाँकी चढ्दै थियौं, त्यही बेला ड्राइभर गाडी स्टार्टमै राखेर कता गएछ, बस एक्कासी गुडेर आफैं तल भिरतिर गयो ।’ बसमा रहेका केही सडकमै हाम फालेर ज्यान जोगाएको उनले बताइन् ।

उनका अनुसार बाँकी पाँच जना भने बससँगै तल खसे । उनीहरूमध्ये अहिले दुई जना घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी तीन जना भने आँवुखैरेनी अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89