काठमाडौं / सहकारी ठगी प्रकरणमा मुद्दा चलाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिगो रकम तिर्न तयार भएका छन् । सहकारीको रकम गोरखा मिडियामा लगेर दुरुपयोग गरेको घटनामा मुछिएका लामिछाने बिगो तिर्न तयार भएका हुन् ।
राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै सिङ्गो पार्टी पङ्ति नै सरकारविरुद्ध लागिरहेका छन् । सहकारी ठगीको आरोपमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका निलम्बित सांसद लामिछानेले रुपन्देही जिल्ला अदालतमा आफूलाई थुनामुक्त गरी पाउँ भनी निवेदन दिएका छन् ।
उनले यसअघि कारागार सरुवाको निवेदन दिएका थिए । अदालतका शाखा अधिकृत कृष्णप्रसाद पौडेलले केही दिन अगाडि नै आफू थुनामुक्त हुन पाउँ भनेर अदालतमा निवेदन आएको जानकारी दिए । रुपन्देहीको सुप्रिम सहकारी ठगीको अभियोगमा उनीसहितका प्रतिवादीहरुलाई एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ ।
त्यसमध्ये आफ्नो भागमा पर्ने सम्पूर्ण बिगो बराबरको रुकम बैँक जमानत राखेर आफूलाई रिहा गर्न उनले माग गरेका छन् तर लामिछानेको निवेदनमा अहिलेसम्म सुनुवाइ भइसकेको छैन ।
- ADVERTISEMENT -

















































