Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरमा लागूऔषध तथा लैंगिक हिंसा रोक्न सामुदायिक अभियान

प्रकाशित मिति : २०८२ श्रावण २३ गते

– बबिलाल तामाङ

चितवन । सामुदायिक सेवा केन्द्र नारायणगढले लागूऔषध दुव्र्यसनी तथा लैंगिक हिंसा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । समाजमा बढ्दो लागूऔषध र लैंगिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको सामाजिक अभियन्ता तथा सामुदायिक सेवा केन्द्र नारायणगढ सह–संयोजक सुरज सापकोटाले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर महानगरपालिका वडा नं. २ का अध्यक्ष मनोज रानाभाटले समाजमा बढ्दै गएको लागूऔषध तथा लैंगिक हिंसा रोकथामका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका वडाअध्यक्ष रानाभाटले समाजमा बालबालिकाहरु नै बढी लागूऔषधतिर धकेलिँदै गइरहेको बताउँदै यस्तो विकराल स्थितिलाई न्युनीकरण गर्न समाज नै सचेत हुनुपर्ने बताए ।

भरतपुर–२, क्षेत्रपुरस्थित पवित्र इङलिस स्कूलमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र नारायणगढका प्रहरी सहायक निरीक्षक विकुल मजाकोटीले समाजमा लागूऔषध दुव्र्यसनी र लैंगिक हिंसा रोक्ने उपायबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी सहायक निरीक्षक दिपेश क्षेत्री, सामुदायिक सेवा केन्द्र नारायणगढका लागूपदार्थ दुव्र्यसनी रोकथामका संयोजक नारायण सुवाल, पवित्र स्कुलका शिक्षक, विद्यार्थीलगायत करिब ८० जनाको उपस्थिति थियो । पवित्र इङ्लिस स्कूलका प्राचार्य अर्जुन सुनारको अध्यक्षतामा भएको कार्यक्रम सामुदायिक सेवा केन्द्र नारायणगढकी सदस्य रेनु तामाङले सञ्चालन गरेकी थिइन् ।

लागूऔषध तथा लैंगिक हिंसा न्यूनीकरणका लागि सामुदायिक सेवा केन्द्र नारायणगढले जनचेतना फैलाउन विभिन्न खालका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05