२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चेन्नईमा एयर इन्डियाको विमान आकस्मिक अवतरण

प्रकाशित मिति : २०८२ श्रावण २६ गते
file photo

चेन्नई / तिरुवनन्तपुरमबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक समस्या र खराब मौसमका कारण आइतबार राति चेन्नईमा आकस्मिक अवतरण गरिएको छ । विमानमा कांग्रेस नेता केसी वेणुगोपालसहित कई सांसद र अन्य यात्रुहरू सवार थिए ।

एयर इन्डियाको उडान एआई२४५५, तिरुवनन्तपुरमबाट आइतबार साँझ ८:१७ बजे उडेको थियो र राति १०:४५ बजे दिल्लीमा अवतरण गर्ने तालिका थियो । तर, उडानको क्रममा प्राविधिक गडबडी देखिएपछि र मौसम पनि प्रतिकूल भएपछि विमानलाई सावधानी अपनाउँदै चेन्नईतर्फ मोड्ने निर्णय लिइएको एयर इन्डियाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

विमानमा सवार कांग्रेसका महासचिव केसी वेणुगोपालले सामाजिक सञ्जाल ‘एक्स’मा घटनालाई ‘दुर्घटनाबाट झिनो अन्तरले जोगिएको’ भन्दै त्रासपूर्ण अनुभवको संज्ञा दिएका छन् । उनका अनुसार, पहिलो पटक अवतरण गर्ने प्रयास गर्दा रनवेमा अर्को विमान देखिएपछि पाइलटले कुशलतापूर्वक विमानलाई पुनः आकाशमा फर्काएका थिए । दोस्रो प्रयासमा मात्र विमान सुरक्षित अवतरण हुन सकेको थियो । वेणुगोपालले नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) र नागरिक उड्डयन मन्त्रालयलाई घटनाको तत्काल छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

तर, एयर इन्डियाले वेणुगोपालको दाबीलाई अस्वीकार गरेको छ । एयरलाइनका अनुसार, चेन्नई एयर ट्राफिक कन्ट्रोल ९एटीसी० ले ‘गो–अराउन्ड’ (पुनः उड्नु) को निर्देशन दिएको थियो, तर यसको कारण रनवेमा अर्को विमान हुनु थिएन । एयर इन्डियाले प्राविधिक समस्या र खराब मौसमका कारण सावधानीका रूपमा विमानलाई डाइभर्ट गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । विमान चेन्नईमा सुरक्षित अवतरण भइसकेको र यात्रुहरूलाई गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक व्यवस्था गरिरहेको पनि कम्पनीले जनाएको छ ।

विमानमा वेणुगोपालका साथै सांसदहरू कोडिकुन्निल सुरेश, अदूर प्रकाश, के. राधाकृष्णन र रोबर्ट ब्रुस पनि सवार थिए । विमानमा चालक दलका सदस्यसहित करिब १५० यात्रु रहेको बताइएको छ । डीजीसीएले घटनाको विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45