२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज बलियो मेलबर्नको सामना गर्दै नेपाल

प्रकाशित मिति : २०८२ भाद्र ४ गते
File photo.

काठमाडौं / अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो पाँचौ तथा महत्वपूर्ण खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ ।

लगातार तीन हारपछि अघिल्लो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गर्दै नेपालले सिरिजमा पहिलो जित दर्ता गरेको थियो । यो जितले टोलीको मनोबल बढाएको छ, तर प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । हालसम्म खेलेका चार खेलमा एक जित र तीन हार व्यहोरेको नेपाल ११ टिम सहभागी अंक तालिकाको नवौं स्थानमा छ ।

- ADVERTISEMENT -

Advertisement

यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रन, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रन र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । अर्कोतर्फ, मेलबर्न रेनेगेड्स एकेडेमीले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको छ । तीन खेल खेलेको मेलबर्नले दुई जित र एक हारसहित चार अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा आफूलाई उभ्याएको छ ।

आजको खेलमा जित हासिल गर्न सके नेपालले आफ्नो स्थितिमा सुधार गर्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिने खतरा बढ्नेछ । यस सिरिजमा नेपालले आफ्नो अन्तिम लिग खेल शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45