काठमाडौँ / अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज (शुक्रबार) नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे सुरु हुनेछ ।
- ADVERTISEMENT -

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि खेल जित्नैपर्ने दबाब छ ।


















































