२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा लेखक वसन्त पराजुलीकृत ‘बखान’को गृह विमोचन

प्रकाशित मिति : २०८२ भाद्र ८ गते

चितवन / लेखक वसन्त पराजुलीको नयाँ औपन्यासिक कृति ‘बखान’को गृह विमोचन गरिएको छ । शनिबार नेपालकै पहिलो सहकारी संस्था बखान बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा शारदानगरमा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पौडेलको उपस्थितिमा बखानको गृह विमोचन गरिएको हो ।

उपन्यास बखानको केन्द्रमा नेपालकै पहिलो सहकारी संस्थापक एवं चितवनका राजनैतिक तथा सामाजिक व्यक्तित्व बखानसिंह गुरुङ रहेका छन् । सोही कारण चितवनमा सहकारी संस्थाले नै विमोचन गर्ने जिम्मा लिइएको हो । लेखक पराजुलीले यस कृतिमा चितवनको बस्ती विकास, स्थानीय धर्म–संस्कृति, सामाजिक रूपान्तरण र ऐतिहासिक घटनाक्रमलाई जीवन्त रूपमा चित्रण गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

विशेषगरी वि।सं। २००७ देखि २०४० सम्मका राजनीतिक आन्दोलन र त्यसमा बखानसिंह गुरुङले पु¥याएको योगदानलाई उपन्यासमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बखान उपन्यासले सहकारी आन्दोलनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन् ।

उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङका नाति चन्द्रध्वज गुरुङले नेपालको इतिहासलाई औपन्यासिक रुप दिएरै भए पनि सङ्ग्रहित गर्ने काम भएको भन्दै लेखकप्रति कृतज्ञता व्यक्त गरे । नेपाली समाज र राजनीतिमा परिवर्तनको संवाहकको रुपमा स्थापित व्यक्तिलाई राज्यले समेत वास्ता नगरेको परिवेशमा एक जना लेखकले संरक्षण गर्ने प्रयास गरिएको उनको भनाइ छ । बाजेको राजनीतिक यात्रा र परिवारले भोगेका पीडादायी क्षणहरूको पनि उनले स्मरण गरे ।

- ADVERTISEMENT -

Advertisement

सहकारी संस्थाका सल्लाहकार एवम् नेपाली काँग्रेस चितवनका पूर्वसभापति तोपमानसिंह गुरुङले सहकारी आन्दोलन, चितवनको बस्ती विकास र सामाजिक योगदानमा देशले सम्झिनुपर्ने व्यक्तिको जीवनीमा आधारित रहेर उपन्यास लेखिँदा एउटा दस्तावेजको रुपमा यसलाई स्वीकार्न सकिने प्रतिकृया दिए ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले उपन्यासले ओझेलमा परेका एक महत्त्वपूर्ण व्यक्तित्वको योगदानलाई उजागर गरेको भन्दै लेखकको प्रशंसा गरे । २०३९ सालमा कानुन, न्याय तथा भूमिसुधार मन्त्री बनेका बखानसिंह गुरुङले प्रजातन्त्रिक आन्दोलनका क्रममा दुई छोरा गुमाएका थिए। राजनीतिक संघर्षकै क्रममा घरसमेत गुमाउनु परेको इतिहासलाई लेखकले पुस्तकमार्फत मार्मिक ढंगले प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

लेखक पराजुलीका अनुसार बखान वास्तविक घटनामा आधारित भए पनि कलात्मक स्पर्श दिइएको उपन्यास हो, जसले इतिहास, राजनीति, संस्कृति र विकासलाई जोड्दै चितवनको महत्त्वपूर्ण कालखण्डलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको छ । यसअघि पराजुलीका कुमाता, मोम्चो र ड्रिमी आइज नामक कृतिहरू प्रकाशित भइसकेका छन् ।

कृतिका हिसाबले चौथो कृति भए पनि औपन्यासिक हिसाबले भने पहिलो कृतिको रुपमा बखान प्रकाशन गरेका पराजुली नेपाल पत्रकार महासंघ चितवनका वर्तमान अध्यक्ष हुन् । उनी चितवनबाटै करिब दुई दशकयता पत्रकारितामा सक्रिय छन् । शिखा बुक्सले प्रकाशन गरेको बखान यसअघि शनिबार काठमाडौँमा भव्य कार्यक्रमका बीच विमोचन भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58