२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा गोविन्दप्रसाद तिवारीको ‘संघर्ष र सफलता’ लोकार्पण

प्रकाशित मिति : २०८३ असार २० गते

भरतपुर । चितवनको भरतपुरमा समाजसेवी एवम् व्यवसायी गोविन्दप्रसाद तिवारीको आत्मकथा ‘संघर्ष र सफलता’ लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले शनिबार एक कार्यक्रमका बीच उक्त कृति लोकार्पण गरेका हुन् ।

समाजसेवी एवम समाज रुपान्तरणका लागि क्रियाशिल व्यक्तित्व तिवारीले बाल्यकालमा भोगेको गरिबी, व्यवसाय सञ्चालनमा भोगेका चुनौती, सामाजिक उत्तरदायित्व लगायतका विषयलाई आफ्नो आत्मकथामा समेटेका छन् । आत्मकथाको प्रकाशक भेटघाट रेष्टुरेन्ट रहेको छ भने उक्त कृतिको सम्पादन पत्रकारद्वय वीरेन्द्रमणि पौडेल र सूर्यप्रकाश कँडेलले गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

दुई वटा खण्ड रहेको कृतिको मूल्य ५०१ रुपैयाँ तोकिएको छ । पहिलो खण्डमा २० वटा विषयवस्तु रहेका छन् भने दोस्रो खण्डमा तिवारीले आफ्नो जीवनकालमा गरेका सामाजिक कार्यको प्रशंसा गर्दै सरकारका विभिन्न निकाय र संघसंस्थाले प्रदान गरेका सम्मान÷कदर पत्रको तस्वीर छ । साथै तिवारीका आफन्त र शुभेच्छुकसँगको केही तस्वीरहरु पनि समेटिएको छ ।

बुवा माधवप्रसाद तिवारी र आमा भागिरथी तिवारीको साँहिलो छोरा हुन्, गोविन्दप्रसाद तिवारी । उनको जन्म २०१९ साल वैशाख १६ गते पोखरा महानगरपालिका–३०, बेगनास ९साविक लेखनाथ नगरपालिका०मा भएको थियो । चितवनमा ‘तास’ खाजाको आविस्कार गरेका तिवारीले ‘तास’ बेचेरै छोराछोरीलाई डाक्टर बनाए । बेगनास तालको छेउमा जन्मिएका तिवारी अहिले नारायणी नदीको छेउमा कर्म गरिरहेका छन् ।

- ADVERTISEMENT -

Advertisement

२०३५ साउन ३ गते १६ वर्षको उमेरमा उनी आफ्नो भाग्य खोज्दै चितवन झरेका हुन् । उनलाई सुरुवाती दिनहरुमा एक्लो ज्यान पाल्न समेत धौधौ भएका थियो । जब ‘भेटघाट रेष्टुरेन्ट’ सञ्चालन गरे, तब उनले आर्थिक प्रगति गर्दै गए । अहिले उनलाई पैसाले नपुग्दो केहि छैन । पहिलो श्रीमति पवित्रादेवी अधिकारीसँग उनको २०३७ सालमा विवाह भएको थियो । क्यान्सर रोगका कारण श्रीमतिको २०७१ सालमा निधन भएपछि उनी एक्लो भए । उनको आफ्नो छोराछोरीलाई पनि क्यान्सरकै डाक्टर बनाएका छन् ।

पहिलो श्रीमतिको निधन भएपछि एक्लो बनेका तिवारीलाई भण्डाराकी सविता सिलवालले साथ दिइन् । सवितासँग उनको २०७२ सालमा विवाह भयो । उनका अहिले चार छोराछोरी छन् । उमेरले ६४ वर्ष नाघेका तिवारीको एउटा अन्तिम इच्छा छ । आफु मरेर गएपछि पनि भेटघाट रेष्टुरेन्ट चलिरहोस् भन्ने उनको इच्छा छ ।

‘मेरो आजसम्मको सफलतामा मेरी श्रीमति स्वर्गीय पवित्रादेवी तिवारीको ठूलो हात छ । उनले मलाई जीवनका हरेक क्षणमा साथ दिएकी थिइन् । उनको साथ पाएर नै मैले जीवनामा सफलता पाएँ । जीवनमा संघर्षपछि सफलताको यात्रा तय गर्न विवाह मेरो जीवनमा टर्निङ प्वाइन्ट नै बन्यो’, तिवारीले आत्मकथामा लेखेका छन् ।

शिक्षाविद ध्रुवराज पोख्रेलले यो कृति सबै पाठकको लागि प्रेरणाको स्रोत हुने बताए । ‘यो व्यक्तिगत जीवनी मात्र होइन । एउटा नागरिकले कति संघर्ष गर्नुपर्छ भन्ने कुरा कृतिमा समेटिएको छ’, उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58