२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सन्दीपको ह्याट्रिकमा नेपालको सानदार जित

प्रकाशित मिति : २०८२ भाद्र १० गते
file photo

काठमाडौं / विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सानदार जित निकालेको छ । ब्याटिङमा ओपनर आसिफ शेखको विष्फोटक अर्धशतक र बलिङमा लेगस्पिनर सन्दीप लामिछानेको जादुयी ह्याट्रिकको मद्दतले नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई ४१ रनले पराजित गरेको हो ।

डार्विनमा नेपालले प्रस्तुत गरेको १७८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको एसीटी, सन्दीपको घातक बलिङसामू टिक्न नसक्दा १७.२ ओभरमा १३६ रनमा अलआउट भयो । एसीटीका लागि जेक स्मिथले ५० रनको अर्धशतकीय पारी खेल्दै नेपाललाई केही समय दबाबमा राखेका थिए । तर, खेलमा सन्दीप लामिछाने चम्किएपछि एसीटीको इनिङ्स धराशायी बन्यो ।

- ADVERTISEMENT -

Advertisement

आफ्नो स्पेलमा उत्कृष्ट लयमा देखिएका सन्दीपले लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । उनले कुल ४ ओभरमा ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । उनको घातक बलिङ नै नेपालको जितको मुख्य आधार बन्यो । नेपालका लागि करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान एक(एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । नेपालको इनिङ्समा ओपनर आसिफ शेख नायक बने । उनले मात्र ३८ बलमा ५ छक्का र ४ चौकासहित ६९ रनको तुफानी पारी खेलेका थिए । कप्तान रोहित पौडेलले पनि ३६ रनको महत्वपूर्ण योगदान दिए ।

यो जितसँगै नेपाली टोलीको मनोबल उच्च भएको छ । नेपालले आजै एसीटीसँग दोस्रो टी–२० अभ्यास खेल खेल्नेछ । यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टोलीसँग दुई टी–२० र एक एकदिवसीय खेल खेल्ने तालिका छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45