Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेकपा एसको आन्तरिक कलह र विवाद उत्कर्षमा

प्रकाशित मिति : २०८२ भाद्र १० गते

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो स्थापनाको चौथो वर्षगाँठ मनाइरहँदा पार्टीभित्रको आन्तरिक कलह र विवाद उत्कर्षमा पुगेको छ । चार वर्षअघि नेकपा (एमाले) बाट विद्रोह गर्दै नयाँ दल गठन गर्नुको औचित्य पुष्टि गर्न संघर्षरत नेकपा (एस) मा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीचको टकरावले पार्टीको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको छ ।

स्थापना दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा पार्टीका शीर्ष नेताहरूले सार्वजनिक मञ्चबाटै एकअर्काप्रति लक्षित गर्दै आरोप–प्रत्यारोप गरेपछि विवाद छताछुल्ल भएको हो । ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपाल, सम्मानित नेता खनाल र वरिष्ठ नेता वामदेव गौतमले दिएका अभिव्यक्तिले पार्टी कुन गम्भीर मोडमा छ भन्ने स्पष्ट पारेको छ ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा सम्मानित नेता झलनाथ खनालले पार्टीको वर्तमान अवस्थाप्रति चर्को असन्तुष्टि व्यक्त गरे । उनले पार्टीलाई यही अवस्थामा अगाडि बढाए कहीँ पनि नपुगिने ठोकुवा गर्दै नयाँ संकल्प र अठोटका साथ अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष नेपालप्रति लक्षित गर्दै उनले प्रश्न गरे, ‘हाम्रो १०औँ महाधिवेशनले नेपाली समाजवादको कार्यक्रम अघि सारेको छ, तर त्यो दस्ताबेज आजसम्म किन प्रकाशित भएन ? यो कसको कमजोरी हो ?’

त्यसैगरी, करिब दुई महिनाअघि मात्रै पार्टी प्रवेश गरेका वरिष्ठ नेता वामदेव गौतमले आफू तेस्रो वरीयतामा भए पनि पार्टीको भित्री गतिविधिबारे अनभिज्ञ रहेको गुनासो गरे । उनले भने, ‘मैले जनतामा सिधै जाने जिम्मेवारी खोजेको छु, तर यो पार्टीमा त्यो माध्यम के हो भन्ने नै थाहा छैन । म तल्लो तहमा गएर काम गर्न तयार छु, तर मलाई पार्टीबारे सबै कुरा थाहा छैन ।’

जवाफमा अध्यक्ष माधवकुमार नेपालले पार्टी र नेतृत्वको आलोचना गर्नेलाई अनुशासनको कारबाही गर्ने चेतावनी दिए । पछिल्लो समय खनाल, महासचिव घनश्याम भुसाल र नेतृ रामकुमारी झाँक्रीलगायतले आफ्नो कार्यशैलीमाथि प्रश्न उठाइरहेका बेला अध्यक्ष नेपालले कडा शब्दमा भने, ‘पार्टीभित्र आफ्ना कुरा राख्नुपर्छ, तर नेतृत्वको बदख्वाइँ गर्ने र अनुशासनहीनतालाई कुनै पनि हालतमा छुट दिइने छैन । पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ ।’

विवादको केन्द्रमा अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीचको शक्ति संघर्ष मुख्य कारण देखिन्छ । पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा परेपछि खनालले उनलाई नैतिकताका आधारमा नेतृत्वबाट हट्न निरन्तर दबाब दिइरहेका छन् । तर, नेपाल नेतृत्व छाड्ने मनस्थितिमा छैनन् ।

नेतृत्वको टकरावसँगै पार्टीमा ‘जनताको बहुदलीय जनवाद’ ९जबज० को वैचारिक लाइनलाई लिएर पनि गहिरो मतभेद छ । यी विवादहरूले पार्टीका भ्रातृ संगठनहरूलाई समेत विभाजित गरेको छ । युवा र विद्यार्थी संगठनमा समानान्तर कमिटी घोषणा भइसकेका छन्, जसले पार्टीको विभाजन तल्लो तहसम्म पुगेको संकेत गर्छ । यही खिचातानीका कारण निराश बनेका नेता(कार्यकर्ताहरू पुरानै पार्टी एमालेमा फर्कने क्रम पनि बढ्दो छ ।

एकीकरणका लागि प्रचण्ड–विप्लव संवादमा
एकातिर एकीकृत समाजवादीभित्र विग्रहको आगो सल्किरहेको छ भने अर्कोतिर अन्य कम्युनिस्ट शक्तिहरूबीच एकताको प्रयास भइरहेको छ । नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्‍याउने विषयमा गम्भीर छलफल भएको छ ।

सोमबार बिहान विप्लव निवास हरिसिद्धि पुगेका प्रचण्डले पार्टी एकताका लागि आफ्नो स्थायी समितिले निर्णय गरिसकेको बताउँदै विप्लवको पार्टीबाट पनि सकारात्मक निर्णयको अपेक्षा गरेको बताए । जवाफमा विप्लवले यही भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकले यसबारे ठोस निर्णय लिने जानकारी दिएका थिए । समाजवादी मोर्चालाई बलियो बनाउँदै पार्टी एकता गर्ने उनीहरूको प्रयासले नेपालको वामपन्थी राजनीतिमा नयाँ तरंग ल्याउने सम्भावना छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98