Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पशुपतिमा नागा बाबाहरूले नग्नता देखाउनु अश्लील होइन – सर्वोच्च

प्रकाशित मिति : २०८२ भाद्र १० गते

काठमाडौँ / सर्वोच्च अदालतले केवल शारीरिक रूपमा निर्वस्त्र हुनु मात्र अश्लीलताको सूचक नहुने स्पष्ट पारेको छ । पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रीका अवसरमा देखिने नागा बाबाहरूको नग्न उपस्थितिलाई रोक लगाउन माग गर्दै दायर गरिएको रिटमाथि फैसला सुनाउँदै सर्वोच्चले नग्नता र अश्लीलताको छुट्टाछुट्टै अर्थ हुने व्याख्या गरेको हो ।

न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको इजलासले २०७४ माघ २८ मा दायर रिटमाथि २०८१ भदौ २७ मा सुनाएको पूर्णपाठमा नग्नता धार्मिक अभ्यासको अभिव्यक्तिका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ । रिट अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

फैसलाको पूर्णपाठमा भनिएको छ, ‘नग्नता एउटा वस्त्रविहीन अवस्था हो । तर अश्लीलता भने यौनिक उत्तेजना ल्याउने, सामाजिक–सांस्कृतिक दृष्टिले लाजमर्दो र आपत्तिजनक अभिव्यक्ति हो । नग्नताका सबै अवस्थालाई अश्लील मान्न सकिँदैन ।’

सर्वोच्चले यस्ता मुद्दामा सन्दर्भ, उद्देश्य, सामाजिक मान्यता र कानुनी व्यवस्थाका आधारमा मूल्यांकन गर्नुपर्ने जनाएको छ । ‘प्राचीन मन्दिरका टुँडालहरूमा कुँदिएका श्रृङ्गार रसयुक्त मूर्तिहरू वा संग्रहालयमा राखिएका नग्न चित्रहरूलाई अश्लील मान्न सकिँदैन,’ फैसलामा भनिएको छ ।

सर्वोच्चले नागा बाबाहरूको निर्वस्त्र अवस्थालाई सनातन धार्मिक अभ्यास र परम्पराको हिस्सा मानेको छ । ‘शिवालयहरूमा विशेष अवसरमा देखिने नागा बाबाहरूको नग्नता उनीहरूको आस्था र साधनाको अभिन्न अङ्ग हो,’ फैसलामा भनिएको छ ।

नागा बाबाहरूको गतिविधिले महिला तथा बालबालिकामा यौनिक भ्रम सिर्जना गर्ने वा हिंसा बढाउने निवेदकको दाबीलाई सर्वोच्चले अस्वाभाविक र तर्कहीन ठहर गरेको छ ।

रिटमा शिवरात्रीमा नागा बाबाहरूले अश्लीलता प्रदर्शन गर्ने भएकाले त्यस्ता गतिविधिमा प्रतिबन्ध लगाउन माग गरिएको थियो । साथै सीमापारबाट ल्याइने नागा बाबाहरूमा सरकारी खर्च रोक्नुपर्ने माग पनि थियो ।

तर सर्वोच्चले प्रतिबन्धको सट्टा उनीहरूलाई निश्चित स्थानमा व्यवस्थित गर्न सकिने सुझाव दिएको छ ।

फैसलामा पाण्डुरंग वामन काणेको धर्मशास्त्रका इतिहास पुस्तकको सन्दर्भ दिँदै नागा बाबाहरूको अभ्यासलाई वैदिक परम्पराअनुरूप मान्यता प्राप्त धार्मिक आचरणको रूपमा व्याख्या गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98