काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. अरनिको पाँडे पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत एक महिलालाई गालीगलौज गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीका अनुसार पीडित महिलाले दिएको उजुरीका आधारमा पाँडे पक्राउ परेका हुन् ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार साँझ उनलाई नियन्त्रणमा लिइएको र आज (बिहीबार) म्याद थपका लागि अदालतमा पेश गरिने अवस्थीले बताए ।
पर्यावरणविद् समेत रहेका पाँडे २०७९ साल भदौमा रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका थिए । साथै, रास्वपा सरकारमा सहभागी भएको बेला २०८० सालमा उनी राष्ट्रिय योजना आयोगका सदस्यसमेत बनेका थिए ।










































