Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धादिङमा लेदोसहितको पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध

प्रकाशित मिति : २०८२ भाद्र १२ गते
file photo

काठमाडौं / धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्बर–७ स्थित सातकिल्लामा आज (बुधवार) राति लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । पहिरोका कारण राजधानी काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेका तथा मुग्लिनबाट काठमाडौंतर्फ आउँदै गरेका सयौं सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

राति परेको अविरल वर्षाका कारण सातकिल्ला नजिकैको डाँडाबाट ठूलो परिमाणमा लेदो र ढुंगासहितको पहिरो राजमार्गमा खसेको थियो । पहिरोले राजमार्गको फराकिलो खण्डलाई पूर्ण रूपमा ढाकेपछि यातायात आवागमन ठप्प भएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीका अनुसार, पहिरो खसेलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ‘काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेका सवारी साधनहरूलाई खानीखोलामा रोकिएको छ भने मुग्लिनतर्फबाट आउने सवारी साधनहरूलाई विभिन्न सुरक्षित स्थानमा रोकेर राखिएको छ,’ एसपी सुवेदीले भने ।

- ADVERTISEMENT -

Advertisement

पहिरो पन्छाउनका लागि आज (बिहीवार) बिहानैदेखि जेसीबीसहितको टोली परिचालन गरिएको छ । लेदो र माटोको ठूलो ढिस्को भएकाले यसलाई पन्छाउन केही समय लाग्ने अनुमान गरिएको छ । सडक विभाग र सुरक्षाकर्मीहरूको संयुक्त प्रयासमा राजमार्ग खुलाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सम्भव नभएकाले यात्रुहरूलाई धैर्य धारण गर्न र सडक खुल्न लाग्ने समयबारे जानकारीका लागि ट्राफिक प्रहरीको हटलाइनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98