२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

आजबाट एमालेको दोस्रो विधान महाधिवेशन सुरु

प्रकाशित मिति : २०८२ भाद्र २० गते
file photo.

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को दोस्रो विधान महाधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ । गोदावरीस्थित सनराइज हलमा हुने यस महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । पार्टीको भावी दिशा र सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिएको यो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

महाधिवेशनको पूर्वसन्ध्यामा हिजो बसेको पार्टी सचिवालय बैठकले महाधिवेशनको कार्यतालिकालाई स्वीकृत गरिसकेको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, ४० मिनेटको उद्घाटन सत्रपछि महाधिवेशन दस्तावेज प्रस्तुतीकरणमा केन्द्रित हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषयवस्तु र पार्टीको दृष्टिकोणलाई समेट्नेछ । त्यसैगरी, पार्टीका उपाध्यक्ष, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्नेछन्, जुन पार्टीको आन्तरिक संरचना र कार्यपद्धतिलाई थप गतिशील बनाउन केन्द्रित हुनेछ । महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टीको संगठनात्मक अवस्था र आगामी कार्ययोजनाबारे जानकारी गराउनेछन् ।

पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सम्मान गर्दै स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मतसहितको दस्तावेज पनि महाधिवेशनमा प्रस्तुत गरिने उपमहासचिव ज्ञवालीले जानकारी दिए। थापाले हिजो पार्टी कार्यालयमा आफ्नो फरक मतको दस्तावेज दर्ता गराएका थिए ।

महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ(आफ्ना निकायका प्रतिवेदनहरू प्रस्तुत गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37