२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025
२०८२ कार्तिक २१, शुक्रबार
November 7, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै, नेपाल र बंगलादेशको सामना

प्रकाशित मिति : २०८२ भाद्र २१ गते
file photo
- ADVERTISEMENT -

काठमाडौं / नेपालले करिब दुई वर्षपछि आफ्नो घरेलु मैदान दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । फिफा विन्डोअन्तर्गत आज (शनिबार) साँझ ५ः३० बजे हुने यस खेलमा नेपालले पाहुना टोली बंगलादेशको सामना गर्नेछ ।

यो खेल दुवै टोलीका लागि आगामी एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । लामो समयपछि घरेलु मैदानमा खेल्न पाउनु नेपाली टोलीका लागि विशेष अवसर हो । कप्तान किरण चेम्जोङले यस विषयमा आफ्नो उत्साह व्यक्त गर्दै खेल अत्यन्त रोचक हुने अपेक्षा राखेका छन् । ‘घरेलु दर्शकमाझ खेल्न पाउनु हाम्रो लागि ठूलो प्रेरणा हो । हामी जितका लागि तयार छौं र खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ चेम्जोङले भने ।

- ADVERTISEMENT -

Advertisement

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले पनि जितको रणनीतिसहित मैदानमा उत्रने बताएका छन् । उनले बंगलादेशको टोलीलाई बलियो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन् र राम्रो प्रतिस्पर्धाको अपेक्षा गरेका छन् । ‘हामीले बंगलादेशविरुद्ध राम्रो तयारी गरेका छौं । यो खेल हाम्रो क्षमता प्रदर्शन गर्ने र एसियन कप छनोटको तयारीलाई अगाडि बढाउने उत्कृष्ट अवसर हो,’ रसले थपे ।

बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले पनि नेपाल आउनुअघि टोलीले राम्रो तयारी गरेको र यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन् । बंगलादेशी कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण खेल एसियन कप छनोटका लागि उत्कृष्ट तयारी हुने विश्वास व्यक्त गरेका छन् । दुवै टोलीका लागि यो खेल केवल मैत्रीपूर्ण नभई भविष्यका ठूला प्रतियोगिताका लागि आत्मविश्वास बढाउने अवसर पनि हो ।

नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल खेलिनेछ । पहिलो खेल आज हुँदैछ भने दोस्रो खेल मंगलबार हुनेछ । यी दुई खेलको समग्र परिणामका आधारमा विजेता घोषणा गरिनेछ । यदि दुवै खेलबाट स्पष्ट नतिजा नआएमा, दोस्रो खेलपछि सिधै पेनाल्टी सुटआउटमार्फत विजेता टुंगो लगाइने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ । शृंखलाको विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -