Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल हुँदै, नेपाल र बंगलादेशको सामना

प्रकाशित मिति : २०८२ भाद्र २१ गते
file photo

काठमाडौं / नेपालले करिब दुई वर्षपछि आफ्नो घरेलु मैदान दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । फिफा विन्डोअन्तर्गत आज (शनिबार) साँझ ५ः३० बजे हुने यस खेलमा नेपालले पाहुना टोली बंगलादेशको सामना गर्नेछ ।

यो खेल दुवै टोलीका लागि आगामी एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । लामो समयपछि घरेलु मैदानमा खेल्न पाउनु नेपाली टोलीका लागि विशेष अवसर हो । कप्तान किरण चेम्जोङले यस विषयमा आफ्नो उत्साह व्यक्त गर्दै खेल अत्यन्त रोचक हुने अपेक्षा राखेका छन् । ‘घरेलु दर्शकमाझ खेल्न पाउनु हाम्रो लागि ठूलो प्रेरणा हो । हामी जितका लागि तयार छौं र खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ चेम्जोङले भने ।

- ADVERTISEMENT -

Advertisement

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले पनि जितको रणनीतिसहित मैदानमा उत्रने बताएका छन् । उनले बंगलादेशको टोलीलाई बलियो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन् र राम्रो प्रतिस्पर्धाको अपेक्षा गरेका छन् । ‘हामीले बंगलादेशविरुद्ध राम्रो तयारी गरेका छौं । यो खेल हाम्रो क्षमता प्रदर्शन गर्ने र एसियन कप छनोटको तयारीलाई अगाडि बढाउने उत्कृष्ट अवसर हो,’ रसले थपे ।

बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले पनि नेपाल आउनुअघि टोलीले राम्रो तयारी गरेको र यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन् । बंगलादेशी कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण खेल एसियन कप छनोटका लागि उत्कृष्ट तयारी हुने विश्वास व्यक्त गरेका छन् । दुवै टोलीका लागि यो खेल केवल मैत्रीपूर्ण नभई भविष्यका ठूला प्रतियोगिताका लागि आत्मविश्वास बढाउने अवसर पनि हो ।

नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल खेलिनेछ । पहिलो खेल आज हुँदैछ भने दोस्रो खेल मंगलबार हुनेछ । यी दुई खेलको समग्र परिणामका आधारमा विजेता घोषणा गरिनेछ । यदि दुवै खेलबाट स्पष्ट नतिजा नआएमा, दोस्रो खेलपछि सिधै पेनाल्टी सुटआउटमार्फत विजेता टुंगो लगाइने अखिल नेपाल फुटबल संघ ९एन्फा० ले जनाएको छ । शृंखलाको विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98